BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले ब्यवस्थापन प्रमुखलाई एक करोड २६ लाख तलब सुविधा दियो, बोनस छुट्टै

२०७७ पुष २८

ग्लोबल आइएमई बैंकले ब्यवस्थापन प्रमुखलाई एक करोड २६ लाख तलब सुविधा दियो, बोनस छुट्टै
ग्लोबल आइएमई बैंकले ब्यवस्थापन प्रमुखलाई एक करोड २६ लाख तलब सुविधा दियो, बोनस छुट्टै

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमइ बैंकले गत आर्थिक बर्ष ब्यस्थापन नेतृत्व गरेका (सिइओ/कामु सीइओ) लाई कुल एक करोड २६ लाख ८६ हजार रुपैयाँ तलव भत्ता भुक्तानी गरेको छ।

यसबाहेक कार्य सम्पादनका आधारमा बैंकले कामु सीइओलाई बोनस बापत २८ लाख २३ हजार रुपैयाँ अतिरिक्त भुक्तानी गरेको छ। 

ग्लोबल आइएमइ बैंक र साविकको जनता बैंक नेपाल मर्जपछि जनताका प्रमुख कार्यकारी अधिकृतलाई ग्लोबलले २०७६ मंसिर २० गते प्रमुखको जिम्मेवारी दिएको थियो। त्यसअघि कामु प्रमुख कार्यकारीका रुपमा महेश शर्मा ढकालले ब्यवस्थापकीय नेतृत्व गरेका थिए। यो पैसा क्षेत्री र ढकालले बुझेका हुन्।

बैंकले तलब बापत ९० लाख २७ हजार भत्ता ११ लाख ४ हजार, सञ्चय कोष ९ लाख २ हजार, दसैं भत्ता ६ लाख र अन्य रकम १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो। 

बैंकले बुधबार डाकेको साधारणसभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, टेलिफोन, यातायातलगायतका सुविधा छुट्टै दिइएको छ। 

बैंकको साधारणसभाले ६ जना सञ्चालकको निर्वचान गर्ने छ। तीन जना सर्वसाधारण र अर्को तीन जना संस्थापक समूहबाट सञ्चालक छानिने छन्। साधारणसभाले २ प्रतिशत नगद लाभांस र १४ प्रतिशत बोनस सेयर पारित गर्ने छ।