BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई रोजगारदाता परिषद् सहसभापतिमा पाण्डे, रोजगारदाता र मजदुरको सम्बन्ध सुधार्ने चुनौती

२०७७ पुष २७

Tata
GBIME

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्को सहसभापतिमा प्रवलजंग पाण्डे चयन भएका छन्। सहसभापतिमा चयन भएपछि महासंघका अध्यक्ष शेखर गोल्छाले पाण्डेलाई बधाई दिए।

पाण्डे एशोसिएटबाट महासंघको कार्यसमितिमा निर्वाचित भएका थिए। पाण्डे लोमस समूहका निर्देशक हुन्। लोमस समूहले औषधि, हेलिकप्टर, बैंक तथा बीमा र सिमेन्ट उद्योगमा लगानी गर्दै आएको छ।

रोजगारदाताको परिषद्को अध्यक्षमा एशोसिएट उपाध्यक्ष रामचन्द्र संघइ छन्। रोजगारीका क्षेत्रमा देखिने समस्या समाधान गर्नका लागि यो समिति क्रियाशील रहने गर्छ। कोभिड-१९ पछि औद्योगिक क्षेत्रमा रोजगारदाता र मजदुरबीच विवाद सुरु भएको छ। यो विवाद समाधानका लागि समितिले काम थाल्ने एशोसिएट उपाध्यक्ष संघइले केही समय अघि बताएका थिए।