BIZMANDU
www.bizmandu.com

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला नियुक्त, बीमा बारे जनचेतना जगाउने

२०७७ पुष २७

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला नियुक्त, बीमा बारे जनचेतना जगाउने
आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला नियुक्त, बीमा बारे जनचेतना जगाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन्। कम्पनी र नायिकाबीच आइतबार ब्राण्ड एम्बासडर नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका कोइरालाले हस्ताक्षर गरे। नायिका कोइरालाले देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरेर राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारणा बोकेको आइएमईसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताइन्।

कम्पनीका सिइओ फुयाँलले  जीवन बीमाको बारेमा जनचेतना जगाउन कोइरालाको भूमिका प्रभावकारी हुने बताए।