BIZMANDU
www.bizmandu.com

सेयर बजारको वृद्धि कायमै, २२७१ अंक पुगेको नेप्से सूचक २२३९ अंकमा बन्द, साढे पाँच अर्बको किनबेच

२०७७ पुष २७

सेयर बजारको वृद्धि कायमै, २२७१ अंक पुगेको नेप्से सूचक २२३९ अंकमा बन्द, साढे पाँच अर्बको किनबेच
सेयर बजारको वृद्धि कायमै, २२७१ अंक पुगेको नेप्से सूचक २२३९ अंकमा बन्द, साढे पाँच अर्बको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार सोमबार पनि उकालो लागेको छ। आइतबार ४१ अंकले बढेर २२३५ बिन्दुमा बन्द भएको बजार सोमबार भने २२७१ अंक सम्म उक्ले पनि सम्हालिन नसक्दा करिब ४ अंकले बढेर २२३९ अंकमा बन्द भएको छ।

प्री ओपनिङ सेसनमा २८ अंकले बढेको बजार सामान्य कारोबार समयमा समेत सुरुवाती समयमै २२७१ अंक पुगेको थियो। पहिलो एक घण्टा सम्म  बढेको बजारमा १२ बजेपछि भने बजारमा निरन्तर करेक्सन आउँदै केहि समय घटेर २२२८ अंक सम्म झरेको थियो। अन्तिममा बजार उकालो लागेपछि ३.७० अंकको वृद्धिसहित २२३९.४३ अंकमा रोकिएको छ। 

जीवन र निर्जीवन बीमा समूहको सूचक सर्वाधिक बढे पनि कारोबारमा भने बैंकिङ समूहले सबैलाई उछिनेको छ।

निर्जीवन बीमा समूहको सूचक १७६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १६१ अंकले बढेको छ। त्यस्तै विकास बैंकको सूचक २८ अंक र फाइनान्सको सूचक ११ अंकले बढेको छ। उत्पादन समुह ४१ अंक र व्यापार समूहको १३ अंकले घटेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा भने वाणिज्य बैंकहरुले सबैलाई उछिनेका छन्। सिद्धार्थ बैंकको ४२ करोडको कारोबार हुँदा प्रभु बैंकको २५ करोड, एनएमबी बैंक, सिभिल बैंक र नेशनल लाइफको १८/१८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। प्रभु लाइफको सेयर मूल्य ७ प्रतिशतले बढेको छ।

मल्टिपर्पोज फाइनान्स र गोर्खाज फाइनान्सको सेयर मूल्य भने ५ प्रतिशत सम्म घटेको छ। २०८ कम्पनीको ४८ हजार कारोबारबाट एक करोड ३५ लाख कित्ता सेयर पाँच अर्ब ५२ करोड रुपैयाँको किनबेच भएका छन्। ७८ कम्पनीको मूल्य घट्दा ७९ कम्पनीको सेयर मूल्य बढेको छ। १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।