BIZMANDU
www.bizmandu.com

‘सागा’ बिक्रीसँगै अटोमोबाइल बजारमा जगदम्बा मोटर्सको आक्रामक रणनीति, आफ्टर सेल्स सर्भिस सुदृढ


‘सागा’ बिक्रीसँगै अटोमोबाइल बजारमा जगदम्बा मोटर्सको आक्रामक रणनीति, आफ्टर सेल्स सर्भिस सुदृढ
‘सागा’ बिक्रीसँगै अटोमोबाइल बजारमा जगदम्बा मोटर्सको आक्रामक रणनीति, आफ्टर सेल्स सर्भिस सुदृढ

Tata
GBIME
Nepal Life

काठमाडौं। जगदम्बाले जब टीभीएसका बाइक र स्कुटर नेपालमा बिक्रीको जिम्मा लियो, बजारमा स्थान नै फेरिदियो। यतिबेला टीभीएसका बाइक र स्कुटर मन पाइएका टप ब्रान्डमा स्थापित भइसकेको छ।

अब फोर व्हिलरको कारोबार पनि थाल्ने जमर्को गरेको शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले एक वर्षमा सवारी बजारमा आफ्नो स्थान के हुने भन्ने हिसाब निकालीसकेको छ। प्रोटोनको सागा बिक्री थाल्न लागेको जगदम्बाले १२ स्थानमा सञ्जाल विस्तार गर्ने भएको छ।

अटोमोबाइलको नेपाली बजार अन्तर्गत टु र थ्री व्हिलरमा वर्चस्व कायम गर्दै आएको यो कम्पनीले आगामी बुधबारदेखि फोर व्हिलरअन्तर्गत प्रोटोन 'सागा'को बिक्री औपचारिक रूपमा थाल्दैछ।  

जगदम्बाले मलेसिया सरकारको स्वामित्वमा संचालित प्रसिद्ध मोटर कम्पनी 'प्रोटोन'को बिक्री वितरण सुरु गर्न लागेको हो। ग्राहकको सुरक्षा, माग, सहजतासँगै आफ्टर सेल्स सर्भिसलाई बढी ध्यान दिएको कम्पनीले जनाएको छ। प्रोटोन सागा खरिदकर्ताले अफ्टर सेल्सको सर्भिस राम्रो पाइने जनाइएको छ। 

फोर व्हिलर बिक्रीको बजारमा पहिलोपटक प्रवेश गर्न लागेको कम्पनीले बिक्री संख्यालाई भन्दा पनि आफ्टर सेल्स सर्भिसलाई जोड दिइने व्यवसायिक रणनिती रहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए। 'बजार प्रतिस्पर्धात्मक छ। यसैलाई स्वीकार गर्दै हामीले बिक्रीको संख्या भन्दा पनि क्वालिटी, ग्राहकको सन्तुष्टि र आफ्टर सेल्स सर्भिसमा जोड दिनेछौं।  ग्राहकको चाहना अनुसार सेफ प्रोडक्ट उपलब्ध गराउनु नै हाम्रो मुख्य उद्देश्य हो,' उनले भने, 'जगदम्बा मोटर्सका लागि फोर व्हिलर अटो मार्केट नयाँ भए पनि आफ्नो सिद्धान्त 'आफ्टर सेल्स सर्भिस' को प्राथमिकतालाई निरन्तर राख्दै जानेछौं।' 

अटोमोबाइल क्षेत्रमा प्यासन, इन्ट्रेस्ट र व्यापारिक हिसाबले केन्द्रित कम्पनी अहिले पनि अग्रस्थानमा रहेको उनको दाबी छ। टीभीएसलाई राम्रो स्वरुप दिएर अगाडि बढिरहेको कम्पनीले फोर व्हिलरमा पनि उही उद्देश्यले प्रवेश गरेको उनले बताए। 'हाम्रो स्ट्रेन्थ भनेकै हाम्रो ब्राण्डको नाम हो। अटोमोबाइल्समा १० वर्षको अनुभव लिइसकेका छौं। आउने दिनमा अनुभवलाई नै क्यापिटलाइज  गर्ने उद्देश्यले फोर व्हिलर्स अन्तर्गत ब्राण्ड  'प्रोटोन'लाई सार्वजनिक गर्न गइरहेका छौं,' उनले भने।  

कम्पनीले आगामी बुधबार प्रोटोन अन्तर्गत सेडान भर्सनको 'सागा' सार्वजनिक गर्न लागेको छ। यो ३५ वर्ष पुरानो मलेसियन ब्राण्डको नयाँ भर्सन हो। जिल्ली र भल्भो लगायत विभिन्न जायन्ट कम्पनीसँगको टाइअपमा संचालित प्रोटोनको 'सागा' सँगै थप नयाँ प्रोडक्ट छिटै नेपाली बजारमा ल्याउने योजना रहेको अग्रवालले जानकारी दिए। उनका अनुसार 'सागा' बिक्री सुरु भएलगत्तै कम्पनीले एसयुभी अन्तर्गत 'एक्स ७०', 'एक्स ५०' लगायत नयाँ प्रोडक्ट रेन्ज पनि सार्वजनिक गर्ने योजना बनाएको छ। 

प्रिमियम सेडान अन्तर्गतको सागा गाडीको डिजाइनमा अत्याधुनिक सुविधा, प्रविधि र सुरक्षा लगायतलाई उच्च प्राथमिकता दिइएकाले प्रयोगकर्ताले रुचाउने उनले बताए। 'हाम्रो अनुभवलाई  क्यापिटलाइज गर्ने भनेको सेल्स मात्र होइन हाम्रो स्ट्रेन्थ जहिले पनि आफटर सेल्स सर्भिसमा हो। यहाँ पनि हामीले आफूलाई स्थापित गर्दै जान आफ्टर सेल्सलाई पहिलो प्रथमिकतामा राखेका छौं,' उनले भने, 'यसको परिणाम सेल्समा देखिने हो।' 

फोर व्हिलरको कारोबारमा प्रवेश गर्नका लागि कम्पनीले दुई वर्ष अगाडि प्रोटोनसँग सम्झौता गरेको थियो। पूर्व तयारीपछि बजारमा औपचारिक रूपमा प्रवेश गरेको कम्पनीले जनाएको छ। यो अवधिमा कम्पनीले सरकारी प्रक्रियासँगै जनशक्ति व्यवस्थापन र प्रोटोनका प्रयोगकर्ताहरूको अनुभव अध्ययन लगायतका तयारी गरेको जानकारी उनले दिए।       

प्रोटोन नेपालका लागि नयाँ ब्राण्ड होइन।  एक दशकअघि आएर फेरि बन्द भएको यो ब्राण्डलाई जगदम्बाले जिम्मा लिएर पुनः जगाउन लागेको हो। 'एक दशकपछि आधिकारिक बिक्री सुरु गर्नुअघि नै जगदम्बाले ती समयमा कार्यरत सबै मेकानिकलाई खोज्यो। यो अवधिमा उहाँहरुलाई हामीले री-ट्रेनिङ गराएर तयार गरेका छौं। सेल्समा पनि दक्ष जनशक्तिलाई थप तालिम दियौं,' उनले भने, 'स्पेयर पार्ट्स् सजिलै पाइनेगरी काम गरिसकेका छौं। अझै पनि प्रोटोनका सय वटा गाडी गुडिरहेका छन्। हामीले ती गाडी प्रयोग गर्दै आएका ग्राहकसँग भेट्यौं। उहाँहरुको चाहना, अनुभव, सन्तुष्टी लगायतको अध्ययन गर्‍यौं। र, विस्तारै यो सेटअप गर्न शोरुम र वर्कसप तयार गरिसकेका छौं।' 

नेपालका लागि सस्तोमा पाइने एकमात्र सेडान 'सागा'
सागा नेपालका लागि एकमात्र सुरक्षित, प्रिमियम र सस्तो सेडान रहेको कम्पनीको दाबी छ। प्रोटोन तेस्रो मुलकबाट सिधै नेपाल भित्रिने एक मात्र गाडी हुनेछ। ग्राहकले सागामार्फत नेपाली बजारमै पहिलोपटक प्रिमियम लेवलको सस्तो, आकर्षक, आरामदायी र सुरक्षित अनुभव लिन सक्ने उनले जानकारी दिए। 

'एउटा राम्रो कुरा के हो भने प्रोटोन इज अ सेफ कार,' उनले भने, 'सुरक्षाका दृष्टिले उपयुक्त मात्रै होइन, प्रोटोन सागा इन्ट्री लेवल अन्तर्गत सस्तो, आकर्षक, सहजसँगै प्राविधिक रूपमा सुरक्षित छ। यो नै तेस्रो मुलकबाट आयात गरिने पहिलो सेडान हो।' ग्राहकले 'प्रोटोन'को गाडी खरिद गर्दा पाँच वर्षको वारेन्टी पाउन सक्ने कम्पनीले जनाएको छ।

नेपाली अटो बजारमा  डेढ लाख किलोमिटरको वारेन्टी पाउन सकिने प्रोटोन मात्र एक गाडी रहेको कम्पनीको दाबी छ। सुरक्षामा फोर स्टार रेटिङको गाडी बिक्री सुरु गर्नु अघि नै कम्पनीले 'बेस्ट' आफ्टर सेल्स सर्भिसको प्रतिबद्धता गरेको छ। 

'हामीले बोलेर होइन की गरेर देखाएका छौं। प्रोटोनमा पनि ती कुराहरुलाई इस्टाब्लिस गर्नेछौं। हुनसक्छ हामीले सुरु गर्दा केही समस्या नआओस भन्नका लागि व्यवस्थापन गरेका छौं,' उनले भने, 'कहीँ त्यस्ता ग्याप देखिएको अवस्थामा ओभरकम गर्छौं। किन भने हामीसँग बलियो टिम छ। हामी तयारी छौं। अनुभव छ हामीसँग। साथसाथै प्रोटोनको साथ छ। प्रोटोनले हामीलाई प्राविधीक जानकारीसँगै तालिम, प्रोडक्ट रिक्वायरमेन्ट लगायत कुरालाई मध्यनजर गर्दै नजिक रही मार्गनिर्देशन गर्दै आएको छ।'  

जुन सेगमेन्टमा रहे पनि अग्रगामी उद्देश्य  


सवारी बजारमा जिम्मा लिएका सबै सेग्मेन्टमा अग्रगामी भूमिका रहने जगदम्बाले जनाएको छ।

सन् २०२० मा दुई सय वटा गाडी बिक्रीको लक्ष्य राखेको कम्पनीले निकट भविष्यमा आफूलाई 'टप टेन'मा कायम राख्ने उद्देश्य रहेको उनले बताए। 'सन् २०२१मा धेरै संख्यामा गाडी विक्री गर्ने योजना बनाएका छैनौं। हाम्रो सोच भनेको बजारमा हामी पनि छौं है भन्ने सन्देश दिने हो। त्यो सँगै आफ्टर सेल्स सर्भिसलाई इस्टाब्लिस गर्दै जाने हो,' उनले भने, 'मुलुभर आफ्नो सेल्सभन्दा पनि सर्भिस र स्पेयरको सञ्जाल विस्तार गर्दै जाने योजना बनाएका छौं। त्यो कुरा हाम्रो पास्ट एक्सपेरियन्सले सिकाएको छ। हाम्रो टप मेनेजमेन्टबाट पनि ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन छ।' 

कम्पनीका अनुसार म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन लगायत दुईवटा भेरियन्टमा रहेको सागाको नेपाली बजार मूल्य क्रमशः ३५ लाख ५० हजार रुपैयाँ र ३९ लाख ५० हजार रुपैयाँ छ। अटोमेटिक ट्रान्समिसन अन्तर्गत यही मूल्यमा अरु ब्राण्डको सेडान उपलब्ध नरहेको कम्पनीको दाबी छ।  

कम्पनीले मुलुकभर १२ ठाउँमा आधिकारिक डिलर सञ्चालनमा ल्याउनका लागि योजना बनाइसकेको छ। एक वर्षभित्रै १२ वटा डिलर नेटवर्क विस्तार गर्ने योजना छ।