BIZMANDU
www.bizmandu.com

सानिमा लार्ज क्याप फण्ड माघ ९ गतेबाट जारी हुने, १० करोड इकाइ जारी, अवधि सात बर्ष

२०७७ पुष २७

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले  नयाँ इकाइ जारी गर्ने भएको छ। सानिमा लार्ज क्याप फण्ड माघ ९ गतेबाट जारी हुने भएको ५।

यसका लागि १३ गतेसम्म आवेदन दिन सकिन्छ। इकाइको अंकित मूल्य १० रुपैयाँ छ। कम्तिमा १०० कित्ताका लागि आवेदन दिनु पर्ने छ। बढिमा एक करोड कित्ताका लागि आवेदन दिन सकिन्छ।

कुल १० करोड इकाइ जारी गर्न लागिएको हो। यसमध्ये १५ प्रतिशत कोष प्रबर्द्धक सानिमा बैंकका साथै कोष ब्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाइहरुमा सर्वसाधारणले दावी गर्न पाउने छन्। योजना बन्दमूखि हो। योजनाको अवधि सात बर्षको छ।