BIZMANDU
www.bizmandu.com

चन्द्रागिरि हिल्स: मागेको १४ लाख कित्ताभन्दा कम, पर्‍यो एक करोड ७० लाख ८७४४० कित्ता आवेदन

२०७७ पुष २७

Tata
GBIME
Nepal Life

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा एक करोड ७० लाख ८७ हजार ४४० कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। दोस्रो दिन नै १२ गुणाभन्दा बढी आवेदन परेको हो।

कम्पनीको सेयरका लागि ८ लाख ६६ हजार ९२९ जनाले आवेदन दिएका छन्। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। आवेदन पुस २८ गतेसम्म दिन पाइन्छ।

कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेको छ। यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ। ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा मात्र सर्वसाधारणले दाबी गर्न पाउने छन्। यो दाबीभन्दा साढे तीन गुणा बढी आवेदन परेको हो। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुप अफ कम्पनिजका अध्यक्ष रहेका चन्द्र ढकालको नेतृत्वमा यो कम्पनी छ। 

यसमा हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, कल्याण गुरुङ, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, कुमारकेशर विष्ट, डोलराज शर्मा, हाथवे इन्भेष्टमेन्ट नेपाल, सन्ध्या गुरुङ र उमा बिष्ट जिसी संस्थापक छन्।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको थियो। उनीहरुलाई कुल ३ लाख ६ हजार ८ सय १९ कित्ता सेयर दिइएको थियो। हिल्ससँग केबलकार र पाँच तारे होटल छ।