BIZMANDU
www.bizmandu.com

एनसेलले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ल्यायो ‘अडियो क्लास’, ७ रुपैयाँमा ५० मिनेटको कक्षा

२०७७ पुष २६

एनसेलले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ल्यायो ‘अडियो क्लास’, ७ रुपैयाँमा ५० मिनेटको कक्षा
एनसेलले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ल्यायो ‘अडियो क्लास’, ७ रुपैयाँमा ५० मिनेटको कक्षा

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल आजियाटाले विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ।

एनसेलको सिमकार्ड भएका विद्यार्थीहरुले आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियोमार्फत् अध्ययन गर्न सक्ने भएका छन्।

विद्यार्थीले मोबाइलबाटै आफ्नो पाठ्यक्रममा आधारित पाठहरु सुन्दै शिक्षा लिन सक्ने एनसेलले जनाएको छ। 

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत् फोनको प्रयोग गरी आइभीआरबाट सिक्न सकिने बताइएको छ। इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर) मा आधारित यो सेवा एनसेलले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको जनाएको छ। यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको पहुँच विस्तार गर्नुका साथै अहिलेको विषम अवस्थामा विषेश महत्व राख्ने एनसेलले जनाएको छ।  

एनसेलले पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा एकदेखि चारसम्मका पाठ्यक्रमहरु उपलब्ध गराएको छ। कम्पनीले कक्षा पाँचदेखि १० सम्मका विद्यार्थीलाई चरणबद्घ रुपमा पाठ्यक्रम थप्दै लैजाने जनाएको छ। विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकहरुले १७१४४ मा डायल गरी अडियो क्लास सेवा सुचारु गराउन सक्ने एनसेलले जनाएको छ। 

एनसेलले अडियो क्लासको लागि हाल तीन र सात दिनको गरी दुई वटा विकल्पहरु उपलब्ध रहेको जनाएको छ। तीन दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र सात रुपैयाँमा ५०  मिनेटको अडियो क्लासको सेवा लिन सक्ने बताएको छ। त्यस्तै, सात दिनको प्याकमा कर सहित १४ रुपैयाँमा एक सय मिनेट अडियो क्लासको सेवा लिन सक्ने कम्पनीले जनाएको छ। 

कुनै अडियो प्याकअन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकहरुले ५० मिनेटको थप अडियो क्लास सेवाका लागि थप सात रुपैयाँ तिरेर सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यो सेवा सुचारु गरेको पहिलो पाँच महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।