BIZMANDU
www.bizmandu.com

साउदीले कतारमाथि लगाएको नाकाबन्दी साढे ३ वर्षपछि खुल्दै, फर्किएला नेपालीले गुमाएको श्रम बजार?

२०७७ पुष २१

Tata
GBIME
Nepal Life

कुवेत। साउदी अरेबियाले तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी खुला गर्ने भएको छ। कुवेतका विदेश मन्त्रीले यसको घोषणा गरेका हुन्।

खाडीका ६ मुलुक सम्मिलित गल्फ कोअपरेसन काउन्सिलको वार्षिक सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले कतारसँगको सीमा र हवाई सेवा खुला गरेको गल्फ टाइम्ले जनाएको छ।  सम्मेलन साउदीको अल उला शहरमा हुँदैछ जहाँ कतारमाथिको प्रतिबन्धको विषयले उच्च प्राथमिकता पाएको छ।

'कुवेतका शेख नवावको प्रस्ताव अनुसार साउदी अरब र कतारबीच सीमा र हवाई दुवै मार्ग खुला गर्न सहमति भएको छ। यसै सोमबार साँझबाट खुला हुनेछ,' कुवेतका विदेश मन्त्री डा. अहमद नसर अल सवाहले टेलिभिजनमा भनेका छन्। 

नाकाबन्दी खुला हुने विषयसँगै ४१ औं गल्फ कोअपरेसन काउन्सिलको बैठकमा कतारको टोलीको नेतृत्व त्यहाँका राष्ट्र प्रमुख अमिर शेख तामिम विन अहमद अल थानीले गर्ने भएका छन्। साउदी अरेबियाको अल उलामा हुने सम्मेलनमा उनको सहभागिता रहनेछ। 

कुबेतका विदेश मन्त्रीले नाकाबन्दी खुला भएको सार्वजनिक गरेलगत्तै थानीको भ्रमण निश्चित भएको कतार न्युज एजेन्सीलाई उदृत गर्दै गल्फ टाइम्सले जनाएको छ। 

शेख अहमदलेले कुवेतका आमिर खेख नवाफ अल अहमद अल जवर अल सवाहले उनलाई फोन गरेको बताएका छन्। फोनबाटै साउदीका युवराज तथा डेपुटी प्रधानमन्त्री र रक्षा मन्त्री मोहम्मद विन सलमानबीच पनि कुराकानी भएको थियो। उनीहरुबीच नाकाबन्दी फुकुवा गर्ने सहमतिमा हस्ताक्षर गर्ने विषयमा पनि छलफल भएको थियो। साउदीमा अल उला घोषणापत्र जारी हुनेछ जसलमा ६ वटै मुलुकले हस्ताक्षर गर्नेछन्। त्यसको विषयमा कुटनीतिक छलफल समेत भएको छ। कुबेतका आमिरको पहलमा दुवै पक्ष सहमतिमा पुगेका हुन्। 

हवाई र सीमामार्ग बन्द भएपछि कतारले विकल्पको पहिचान गरेर आफ्नो आर्थिक गतिविधिलाई सक्रिय गराएको थियो। यद्यपि, तीन वटा मुलुकले लगाएको प्रतिबन्ध र हवाई सेवा निषेध हुँदा आर्थिक क्षेत्रमा नराम्रो प्रभाव परेको थियो। यसको असर कतारका लागि मात्र थिएन, साउदी र कुवेतका लागि पनि उत्तिकै प्रभाव पार्ने थियो।

कतारमा यी मुलुकका कम्पनीहरु थिए, जो पूर्णतः नाकाबन्दीसँगै बन्द हुन पुगेका थिए। निर्माणदेखि सेवाप्रदायक क्षेत्रमा ती मुलुकहरुले कतारमा लगानी गरेका थिए। तिनीहरु बन्द हुन पुग्दा नेपाल लगायतबाट जानेहरुले रोजगारी गुमाएका थिए। सीमा सडक बन्द हुँदा यातायात क्षेत्रमा काम गर्ने धेरै संख्याका श्रमिकहरु बेरोजगार हुन पुगे। यातायात क्षेत्रमा नेपाली श्रमिकहरुको उपस्थिति निक्कै बलियो थियो।

दुबईबाट आउने सामान ठप्प भएपछि त्यससँग जोडिएका सबैखाले रोजगारी बन्द हुन पुगेको थियो। नाकाबन्दी फिर्तापछि आर्थिक चलायमानसँगै श्रम बजार पुन:स्थापना हुने छ यद्यपि, साढे ३ वर्ष लामो नाकाबन्दीलाई सहज रुपमा खेपेको कतारले वैकल्पिक उपायहरु मार्फत् आफूलाई खाडीमा अब्बल रूपमा स्थापित गरिसकेको छ।