BIZMANDU
www.bizmandu.com

एनसेलको फोरजी प्रयोगकर्ता संख्या ३७ लाख कटेर स्थिर, टेलिकम झन्डै २० लाखले पछि पर्यो

२०७७ पुष १९

एनसेलको फोरजी प्रयोगकर्ता संख्या ३७ लाख कटेर स्थिर, टेलिकम झन्डै २० लाखले पछि पर्यो
एनसेलको फोरजी प्रयोगकर्ता संख्या ३७ लाख कटेर स्थिर, टेलिकम झन्डै २० लाखले पछि पर्यो


काठमाडौं। नेपाल टेलिकमले एक महिनाको अवधिमा दुई लाख ३६ हजार फोरजी ग्राहक थपेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार टेलिकमको फोरजी ग्राहक गत असोजमा १८ लाख ४० हजार चार सय ६३ पुगेका छन्।

Tata
GBIME
Nepal Life

भदौमा टेलिकमसँग १६ लाख हाराहारी फोरजी ग्राहक थिए। एनसेलभन्दा पाँच महिना अगाडि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले केही महिनायता भने  फोरजी ग्राहक संख्या थप्दै लगेको छ। एनसेलको फोरजी प्रयोगकर्ता भने स्थिर देखिएको छ। एनसेलसँग ३७ लाख २९ हजार चार सय ५३ फोरजी ग्राहक रहेको टेलिकमले जनाएको छ। भदौदेखि असोजसम्म एनसेलको ग्राहक संख्यामा कुनै घटबढ देखिएको छैन।  

आक्रामक बजार रणनीति र गुणस्तरका कारण एनसेलको फोरजी ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको छ। १९ अर्ब लगानीमा देशभर सेवा विस्तार गरेको टेलिकमको फितलो बजार रणनीतिकै कारण ग्राहकको आकर्षण कम भएको हो। यस्तै, स्मार्ट टेलिकमले पनि आफ्नो फोरजी ग्राहक संख्या बढाएको छ। भदौमा एक लाख ८२ हजार पाँच सय ४५ फोरजी ग्राहक रहेको स्मार्टसँग असोजमा बढेर दुई लाखभन्दा बढी पुगेको प्राधिकरणले जनाएको छ। 

योसँगै नेपालमा फोरजी प्रयोगकर्ताको संख्या करिब ५७ लाख ७३ हजार पुगेको प्राधिकरढले जनाएको छ। यस्तै, थ्रीजी प्रयोगकर्ताको संख्यामा न्यून गिरावट आएको छ। प्रयोगकर्ताको संख्यामा गिरावट आएसँगै असोजमा थ्रीजी प्रयोगकर्ताको संख्या एक करोड ११ लाख ९८ हजार पुगेको छ।

भदौमा योसँख्या एक करोड १२ लाख हाराहारी रहेको प्राधिकरणले जनाएको छ। एनसेलसँग असोजमा २७ लाख ७९ हजार थ्रीजी ग्राहक रहेका छन्। टेलिकमसँग ८४ लाख १८ हजार थ्रीजी ग्राहक रहेको प्राधिकरणले जनाएको छ।