BIZMANDU
www.bizmandu.com

जाइरोकोप्टरबाट पोखरा सहर घुम्नेलाई ५०% छुट, साढे ६ हजार रुपैयाँमा यो ठाउँ घुम्न सकिन्छ

२०७७ पुष १६

जाइरोकोप्टरबाट पोखरा सहर घुम्नेलाई ५०% छुट, साढे ६ हजार रुपैयाँमा यो ठाउँ घुम्न सकिन्छ
जाइरोकोप्टरबाट पोखरा सहर घुम्नेलाई ५०% छुट, साढे ६ हजार रुपैयाँमा यो ठाउँ घुम्न सकिन्छ


Tata
GBIME
Nepal Life

काठमाडौं। हेलि एयरले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्नो सेवामा ५० प्रतिशत छुट दिन थालेको छ। कोरोना संक्रमणका कारण नौ महिना बन्द भएको यो एयरले बिहीबारदेखि सेवा सुरु गरेको थियो।

कम्पनीले दुई सिट क्षमताको दुई वटा जाइरोकोप्टरमार्फत उडान गर्दै आएको छ। पोखरा विमानस्थलबाट पोखराबाट आफ्नो सेवा दिइरहेको छ। कम्पनीले १५ मिनेटको पोखरा बजार, सराङकोट, फेवाताल, पिस प्यागोडा, सेती नदि लगायतका क्षेत्रमा घुम्दा ६ हजार ४ सय ९९ सय रुपैयाँ तोकेको छ। अरु समयमा यही क्षेत्र घुम्दा कम्पनीले १३ हजार रुपैयाँ लिने गरेको थियो।

कम्पनीले ३० मिनेटको अवधिमा फिस्टेल, अन्नपूर्ण रेन्ज, धम्पुस र अस्ट्रेलियन क्याम्प लगायतको क्षेत्र घुमाउँदा ११ हजार ४ सय ९९ सय रुपैयाँ मूल्य तोकेको छ। अरु समयमा यो उडानको २३ हजार रुपैयाँ थियो। कम्पनीले एक घण्टाको फिस्टेल, अन्नपूर्ण रेन्ज, घान्द्रुक र मर्दी हिमाल यात्राको लागि २१ हजार ४ सय ९९ सय रुपैयाँ तोकेको छ।

यसअघि यो यात्राको लागि कम्पनीले ४३ हजार रुपैयाँ तोकेको थियो। कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले नयाँ वर्षको अवसर पारेर पोखराको पर्यटन प्रवर्द्धनका लागि भारी छुटमा सेवा संचालनमा ल्याएको बताए। ‘कोभिडका कारण धरासायी भएको पर्यटन क्षेत्र उकास्नका लागि हामीले सेवामा भारी छुटसहित सेवा संचालनमा ल्याएका हौं। हामीले यो सेवामा नाफा भन्दा पनि पोखराको पर्यटन क्षेत्रलाई भाइब्रेन्ट बनाउन खोजेका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘पोखराको पर्यकीय गन्तब्यलाई उकास्न हामीले ल्याएको योजनाले केही भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

बर्तौलाले छुट दिएपछि दैनिक १५ वटा भन्दा बढी उडान भइरहेको जानकारी दिए। ‘हामीले ५० प्रतिशत छुट दिएकै कारण यात्रुको भीडभाड छ। अंग्रेजी नयाँ वर्षको अवसरमा अझै बढ्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने।