BIZMANDU
www.bizmandu.com

एससीटीले पनि क्युआर सेवा सुरु गर्‍यो, प्रयोगकर्ताले स्टोरमा १५% र रेष्टुरेन्टमा १०% छुट पाउने

२०७७ पुष १५


काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ। विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी स्मार्ट क्युआर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको विज्ञप्तिमा उल्लेख छ। 

मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीले जनाएको छ। परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ।

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ। 

विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकीकृत कारोवार गराउन सकिने ब्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवाप्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको छ। साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवाप्रदायकले पनि स्मार्ट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्। 

स्मार्ट क्युआर प्रयोगकर्तालाई छुट 
स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्टल स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ। 

यो अफर अन्तर्गत वालेट प्रयोगकर्ताले सेल्सबेरी, डेली ग्रोसरी, न्यू मार्टजस्ता स्टोर र ग्यापु, मुन्चा तथा इन्फिस्टोर जस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

यसबाहेक काठमाडौं उपत्यकाभित्रका ५० भन्दा बढी रेष्टुरेन्टमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुविधा रहेको छ।