BIZMANDU
www.bizmandu.com

भारतमा चर्किँदै किसान आन्दोलन: आज भारत बन्द, दिल्ली घेराउ गर्दै किसान, रेल सेवा नै रोकियो

२०७७ मंसिर २३

Tata
GBIME
Nepal Life

भारतमा किसान आन्दोलन थप चर्किएको छ। किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन। सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन्।

विभिन्न पार्टीले समर्थन जनाए पनि प्रदर्शनमा उनीहरुलाई पार्टीको झन्डा बोक्न मनाही गरिएको छ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरुले एम्बुलेन्स र आपतकालीन सेवालाई कुनै बाधा पुर्‍याएका छैनन्। भारत बन्दको असर सबैभन्दा धेरै भारतीय जनता पार्टी शासित १५ राज्यमा देखिएको बताइएको छ। हरियाणामा किसान कडा आन्दोलनमा छन्।

कृषि कानुनको विरोधमा उत्रिएका किसानहरुले १३ दिनयता प्रदर्शन जारी राखेका छन्। उनीहरुले दिल्लीलाई चौतर्फी घेरा हाल्दै प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

किसानको आन्दोलनलाई १० ट्रेड युनियन र २० विभिन्न दलको समर्थन प्राप्त रहेको छ। यसैबीच भुवनेश्वर रेलवे स्टेसनमा प्रदर्शनकारीले रेल रोकिदिएका छन्। यद्यपि यहाँ प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले रेलको ट्रयाकबाट हटाएर हिरासतमा लिएका छन्।