BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

२०७७ मंसिर २२

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। 'पछिल्लो राजनीतिक घटनाक्रमबारे बसेर कुरा गर्ने की भनेर सर्वदलीय बैठकको तयारी गर्नुभएको छ,' स्रोतले भन्यो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।ओलीले इच्छा बिपरित नेकपा स्थायी कमिटी बैठक बसेको थियो।

कमिटीले अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई छलफलको एजेण्डा बनाएको छ। प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्न ओलीको अडान विपरित बैठक बसेको थियो। ओलीलाई कम्तिमा एक पद छोडनुपर्ने भन्दै प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले दबाब दिँदै आएका छन्।