BIZMANDU
www.bizmandu.com

अमेरिकालाई पछि पार्दै चीन इयूको टप ट्रेड पार्टनर बन्यो, पिपिइको निर्यातले बढायो ब्यापार

२०७७ मंसिर १८

Tata
GBIME
Nepal Life

पेरिस। सन् २०२० को तेस्रो त्रैमासमा अमेरिकालाई पछि पार्दै चीन यूरोपको टप ट्रेड पार्टनर बनेको छ। 

अमेरिकाको अर्थतन्त्र कोभिड महामारीले तहसनहस बनाइरहेकै अवस्थामा चीनले भने आफ्नो आर्थिक गतिविध लिकमा ल्याइसकेको छ।

यूरोस्टेटको प्रतिवेदन अनुसार सन् २०२० को पहिलो नौ महिनाको अवधिमा यूरोपियन यूनियन र चीनबीच ४२५.५ अर्ब यूरोको कारोबार भएको छ। यसै अवधिमा अमेरिकासँग भने ४१२.५ अर्ब यूरोको कारोबार भएको छ।

गत वर्ष यसै अवधिमा यूरोपियन यूनियन र चीनबीच ४१३.४ अर्ब यूरो बराबरको कारोबार भएको थियो। सोही अवधिमा अमेरिकासँग उसको कारोबार ४६१ अर्ब यूरोको थियो।

सन् २०२० मा चीनसँग यूरोपियन युनियनको आयातमा ४.५ प्रतिशतको बृद्धि भएको छ भने निर्यातमा कुनै फेरबदल भएको छैन। यस अवधिमा अमेरिकासँग भने उसको ब्यापमरा धेरै कमी आएको छ। आयातमा ११.४ र निर्यातमा १० प्रतिशले कमी आएको तथ्यांक छ।

कोभिड महामारीका कारण पहिलो त्रैमासमा चीनको अर्थतन्त्रलाई नराम्रो झड्का लागेको थियो तर चीनले फेरि आफ्नो ब्यापारिक गतिबिधिमा सुधार गरिसकेको छ।

तेस्रो त्रैमासमा उसको अर्थतन्त्रमा बृद्धि देखिएको छ। तेस्रो त्रैमासमा चीनले यूरोपमा ठूलो परिमाणमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट  पिपिइ निर्यात गरेको छ भने चीनमा यूरोपबाट हुने आयात पनि बढेको छ।