BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो, बुझे अढाइ करोड

२०७७ मंसिर १४

एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो, बुझे अढाइ करोड
एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो, बुझे अढाइ करोड


Vigo
GBIME
Tata

काठमाडौं। एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको एक वर्षमा ३७ लाख रुपैयाँले आम्दानी बढेको छ। बैंकले २३औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीको तलब सुविधा बढेको जनाएको छ।
 
अघिल्लो वर्ष न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए। गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। 

न्यौपानेले भत्तासहित कुल वार्षिक तलब एक करोड ८० लाख बुझेका हुन्। यसबाहेक उनले ७० लाख ५९ हजार रुपैयाँ नाफाबाट बोनस पनि पाएका छन्। उनलाई बैंकले अन्य सुविधा अन्तर्गत एक सवारी साधन र ड्राइभर खर्च, बीमा, कर, मर्मतसम्भारलगायत खर्च पनि बैंकले दिएको छ। 

बैंकले गत  वर्ष बैंकले २ अर्ब ९१ करोड रुपैयाँ कर्मचारी तलब र बोनसमा खर्च गरेको छ। गत वर्षको मुनाफाबाट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश बाँड्न लागेको छ। बैंकले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि अर्को साता साधारणसभा डाकेको छ। 

बैंकले गत वर्ष एक अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६६ लाख रुपैयाँ छ।