BIZMANDU
www.bizmandu.com

एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, विश्वस्तरीय सेवाको अनुभव पाइने

२०७७ मंसिर १२

एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, विश्वस्तरीय सेवाको अनुभव पाइने
एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, विश्वस्तरीय सेवाको अनुभव पाइने


काठमाडौं। एनसेल आजियाटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ। कोरोना महामारीका कारण सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै सेन्टरबाट सेवा प्रवाह सुरु गरिएको एनसेलले जनाएको छ। 

Tata
GBIME
Nepal Life

आफ्नो ब्राण्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरूप ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यसहित सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

सेन्टरबाट उपभोक्ताहरुले एनसेलका सेवा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु लिन सक्नेछन्। 

यसैगरी ग्राहकहरुले सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्न सक्ने एनसेलले जनाएको छ। नयाँ सेन्टरले विदेशबाट आउने यात्रुहरुलाई थप सुविधा पुग्ने विश्वास एनसेलको छ। देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ।