BIZMANDU
www.bizmandu.com

राष्ट्रपतिको निर्वाचन हारेसँगै धमाधम घट्दै ट्रम्पका ट्वीटर फलोअर, २५ हजार बढीले गरे ‘अनफलो’

२०७७ मंसिर ११

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनको ट्वीटरमा फलो गर्नेहरुले पनि छाड्न थालेका छन्।

ट्वीटरमा सक्रिय राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप यही सामाजिक सञ्जाल मार्फत व्यक्त गर्दै आएका थिए।

मिडिया एक पक्षीय भएको भन्दै २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले ट्वीटरलाई भरपुर प्रयोगमा ल्याएका थिए। उनका हरेक भनाई तथा घोषणा ट्वीटरमा आउन थालेपछि उनलाई फलो गर्नेहरु ह्वात्तै बढेका थिए।

त्यही ट्वीटरमा उनले पछिल्लो निर्वाचन धाँधली र फर्जी भएको आरोप लगाउँदै जित आफ्नो पक्षमा भएको घोषणा गरेका थिए। तर, ट्वीटरले भने उनको ट्वीट् सत्य नभएको फलोअरसामू सूचना दियो।

यसरी चर्चामा रहेका ट्रम्पको फलोअर दिनानुदिन घटिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्।

आइतवारबाटमात्र ४६ हजार फलोअरले राष्ट्रपति ट्रम्को ट्वीट् पाउन छाडेका छन्। झन्डै ९ करोड फलोअर भएको ट्रम्पको ट्वीटर ह्यान्डललाई अनफलो गर्ने २५ हजार नाघिसकेको छ।

न्युजविकका अनुसार मंगलवारमात्र १२ हजार ४७६ जनाले उनलाई अनफलो गरेका छन्।