BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई साधारणसभा: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने, ढकाल र प्रधान को बलियो?

२०७७ मंसिर ११

एफएनसीसीआई साधारणसभा: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने, ढकाल र प्रधान को बलियो?
एफएनसीसीआई साधारणसभा: प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने, ढकाल र प्रधान को बलियो?

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ संक्रमणका कारण सात महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ। चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा कोभिडका कारण पटक पटक सरेको थियो।

बिहीबार साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट साधारणसभाको उद्घाटन गर्दैछन्। महासंघको शुक्रबार बन्दसत्र र शनिबार निर्वाचन हुनेछ। कोभिडका कारण तीन स्थानमा निर्वाचन हुनेछ। महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहलमा निर्वाचन हुनेछ। यो साधारणसभा पछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्षको नेतृत्वमा आउनेछन्।

५४औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी कडा प्रतिस्पर्धा छ। दुवै पक्षले जीतका लागि कडा मेहनत गरिरहेका छन्। यो साधारणसभामा वरिष्ठ उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानल नै बनाएर प्रतिस्पर्धामा छन्। ढकाल अहिले एशोसिएट उपाध्यक्ष छन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन्।

 ढकालको सारथिमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् भने प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथिका रूपमा छन्। दुवै समूहले आफ्नो जीतको दाबी गर्दै आएका छन्। कोभिडका कारण बाहिर भने चुनावी प्रतिस्पर्धा गरमागरम नदेखिएको भए पनि भित्रभित्रै दुवै पक्ष भिडिरहेका छन्।

 तर महासंघको निर्वाचनमा सबैभन्दा बढी हिस्सा रहेको जिल्ला/नगरको भोटका लागि दुवै पक्ष भित्रभित्रै लागेका छन्। महासंघमा जिल्ला/नगरको वेटेज ५० प्रतिशत छ। आफ्नो पक्षमा रहेका जिल्ला-नगरका प्रतिनिधिलाई विभिन्न होटलमा राखिएको छ। आफ्नो पक्षमा नरहेका उद्योगीलाई तान्न दुवै पक्ष प्रयासरत छन्।

वस्तुगतमा पनि अञ्जन र उमेशको चर्को प्रतिस्पर्धा छ। दुवै पक्षले आफ्नो पक्षमा केही सदस्य पार्न दौडधुप गरिरहेका छन्। दुवैमध्ये वस्तुगतमा केही मतको मात्रै फरकले जित्ने आकलन गरिएको छ। अञ्जनले निर्वाचित भएपछि गर्ने कामको दस्तावेज नै तयार पारेर सार्वजनिक गरिसकेका छन्। उनी इर्मजिङ समूह लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्। उमेश पनि महासंघका वस्तुगत नै उपाध्यक्ष हुन्। उनको औषधि उद्योग छ।

एशोसिएटमा आफ्नो पक्षमा पार्न 'प्रोक्सी वार' नै चलिरहेको छ। महासंघको राजनीतिबाट बाहिरिएका ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान एशोसिएट चुनावको किङमेकर हुन्। उनीसँग ६२ भोट छ। उनले प्यानलभन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने स्पष्ट रूपमा बताइसकेका छन्।