BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्टलाई सिटी प्राप्ति गर्न अन्तिम स्वीकृति, स्पर्स र ग्लोबललाई सैद्धान्तिक सहमति

२०७७ मंसिर ७

इन्भेष्टमेन्टलाई सिटी प्राप्ति गर्न अन्तिम स्वीकृति, स्पर्स र ग्लोबललाई सैद्धान्तिक सहमति
इन्भेष्टमेन्टलाई सिटी प्राप्ति गर्न अन्तिम स्वीकृति, स्पर्स र ग्लोबललाई सैद्धान्तिक सहमति

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ।

भर्चुअल माध्यमबाट भएको सञ्चालक समिति बैठकले अर्को दुई लघुवित्त संस्था गाभिनका लागि पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। 

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ।

राष्ट्र बैंकले स्पर्स लघुवित्त र ग्लोबल आइएमइ लघुवित्त गभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको हो। बैठकमा गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी आआफ्नो कार्यालयबाट अनलाइन सहभागी थिए भने अन्य सञ्चालकहरु घरबाटै बैठकमा सहभागी भएका थिए। सचिवालयले बैठक हलबाट सबै ब्यवस्थापन मिलाएको थियो।