BIZMANDU
www.bizmandu.com

बढी आयकर तिर्ने १५ करदाता घोषणा, व्यक्तिगततर्फ विजयकुमार शाह, अरु कुन कुन कम्पनी परे?

२०७७ मंसिर ७

बढी आयकर तिर्ने १५ करदाता घोषणा, व्यक्तिगततर्फ विजयकुमार शाह, अरु कुन कुन कम्पनी परे?
बढी आयकर तिर्ने १५ करदाता घोषणा, व्यक्तिगततर्फ विजयकुमार शाह, अरु कुन कुन कम्पनी परे?


Tata
GBIME
Nepal Life

काठमाडौं। व्यक्तिगत रूपमा देशलाई सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह सम्मानित हुने भएका छन्। गत आर्थिक वर्ष उनले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका थिए।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा छन्। नेपालको लिकर किङको रूपमा चिनिएका शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ। ती कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन भइरहेको छ।

राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार आन्तरिक राजस्व विभागमा भएको नवौं कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो। मंसिर १ गते कर दिवस मनाउने गरिएको छ। तर यो पटक तिहार र कोभिडका कारण औपचारिक कार्यक्रम भने हुन सकेन। विभागका अनुसार कोभिड संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर धेरै कर तिर्नेलाई सम्मान गरिनेछ।

गत वर्ष सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल परेको छ। यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो। यस्तै भ्याटतर्फ ३ अर्ब ८७ करोड कर तिरेको थियो।

विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने आइएई रेमिटेन्स कम्पनी छ। विदेशबाट रकम भित्र्याउने अग्रणी कम्पनीको रूपमा आइएमई धेरै आयकर तिर्नेमा सम्मानित हुँदै आएको छ। व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्नेमा अग्नि इन्कर्पोरेटेड रहेको छ। यो महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो।

यस्तै निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि सम्मानित हुँदैछ। यसैगरी सबैभन्दा धेरै आयकर तिर्ने हिमाल पावर छ। कृषि तथा पशुपक्षी उद्योगमा सबैभन्दा धेरै आयकर तिर्ने अन्नपूर्ण एग्रोभेट प्राइभेट सम्मानित हुँदैछ।

सहकारीतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा छिमेकी लघुवित्त छ। बैंकतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक परेको छ। यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै आयकर तिरेको छ।

शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकलले धेरै आयकर तिरेको छ। पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ। मध्यमस्तरीय करदातामध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा कामना सेवा बैंक लिमिटेड रहेको छ। मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा धेरै कर तिर्ने घोराही सिमेन्ट छ। भिएस सर्भिसेस प्रालिले धेरै आयकर तिर्ने कम्पनीमा छ।