BIZMANDU
www.bizmandu.com

आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निकायका काममा एक वर्ष सहभागी हुन रोक

२०७७ मंसिर ६

आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निकायका काममा एक वर्ष सहभागी हुन रोक
आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निकायका काममा एक वर्ष सहभागी हुन रोक


काठमाडौं। ठेक्का लिएर सम्झौताअनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले शनिबार सूचना जारी गर्दै जनाएको हो।

Tata
GBIME
Nepal Life

कालोसूचीमा पर्नेमा थाइल्याण्डको वोरा इन्टरट्रेड कम्पनी, काठमाडौंको बीएस ट्रेड इन्टरनेशनल, बझाङको बजरंगबली निर्माण सेवा, डडेलधुराको बी एण्ड एम निर्माण सेवा, रोल्पाको दे विशेष तारा निर्माण सेवा र धादिङको ढकाल कन्स्ट्रक्सन छन्। 

वोरा र बीएस ट्रेड कम्पनीलाई कालोसूचीमा राख्न नेपाली सेनाको सम्भाररथी विभाग जंगी अड्डा काठमाडौंले सिफारिस गरेको हो। बजरंगबलीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतको सडक डिभिजन बैतडीले सार्जनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाएको सूचनामा उल्लेख छ।

यस्तै बी एण्ड एमलाई डडेलधुराको पूर्वाधार विकास कार्यालय, दे विशेष तारालाई रोल्पाको डिभिजन वन र ढकाल कन्स्ट्रक्सनलाई धादिङको गल्छी गाउँपालिकाले कालोसूचीमा राख्न सिफारिस गरेका हुन्। 

खरिद अनुगमन कार्यालयले कम्पनीका जिम्मेवारहरू भुपेन्द्र सिंह, धर्मराज कोइराला, जगन्नाथ नाथ, देवराज जिसी र रमेश ढकालविरूद्ध सूचना जारी गर्दै एक वर्षसम्म सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने उल्लेख गरेको छ।