BIZMANDU
www.bizmandu.com

त्रिभुवन र गौतमबुद्ध विमानस्थल सुधारका लागि एडीबीद्वारा १८ अर्ब सहुलियत ऋण स्वीकृत

२०७७ मंसिर ५

त्रिभुवन र गौतमबुद्ध विमानस्थल सुधारका लागि एडीबीद्वारा १८ अर्ब सहुलियत ऋण स्वीकृत
त्रिभुवन र गौतमबुद्ध विमानस्थल सुधारका लागि एडीबीद्वारा १८ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं। एशियाली विकास बैंक (एडीबी) ले दुई विमानस्थल विस्तारका लागि १५ करोड अमेरिकी डलर (हालको विनिमय दरअनुसार १७ अर्ब ८७ करोड रुपैयाँ) स्वीकृत गरेको छ। बैंकले शुक्रबार एक  विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो ।

Tata
GBIME
Nepal Life

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुधार तथा विस्तारका लागि एडीबीले सो रकम स्वीकृत गरेको हो। 'त्रिवि विमानस्थलमा हवाई सुरक्षा वृद्धिका साथै नयाँ बन्ने गौतम बुद्ध विमानस्थलले लुम्बिनीमा पर्यटन विकासलाई टेवा पुर्‍याउनेछ,' बैंकका दक्षिण एसियाका लागि सिनियर ट्रान्सपोर्ट स्पेसलिष्ट काई वे योले भनेका छन्, 'यी दुई आयोजनाले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेल्नेछ।'

सहुलियत ऋणमा सहमति गर्न अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। टोलीले ऋण विषयमा थप कुराहरु टुंग्याएपछि औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।  

यो रकमले त्रिभुवन विमानस्थलको ट्याक्सी-वे विस्तार र गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन प्रयोग हुने जनाइएको छ।

यस्तै दुवै विमानस्थल वरपर पर्यावरणीय वातावरणलाई सन्तुलनमा राख्ने काम गर्नका लागि पनि रकम खर्चिने बताइएको छ ।यसैअन्तर्गत विमानस्थलमा नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्नेगरी सौर्य ऊर्जा प्रयोगका लागि सोलार प्यानल जडान समेत गरिनेछ।

यस्तै, भावी दिनमा पनि एडीबीले विकासको लागि सहयोग जारी राख्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।