BIZMANDU
www.bizmandu.com

टेलिकमले परिमार्जन गर्‍यो अटम अफर, डेटासँगै भ्वाइस सुविधा पनि पाइने, शुक्रबार रातीबाट लागु

२०७७ मंसिर ५

टेलिकमले परिमार्जन गर्‍यो अटम अफर, डेटासँगै भ्वाइस सुविधा पनि पाइने, शुक्रबार रातीबाट लागु
टेलिकमले परिमार्जन गर्‍यो अटम अफर, डेटासँगै भ्वाइस सुविधा पनि पाइने, शुक्रबार रातीबाट लागु

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जिबी डाटा प्याकलाई केही सुविधा थपेर परिमार्जन गरेको छ।

परिमार्जित अफर आज शुक्रबार राती १२ बजेबाट लागु हुने टेलिकमले जनाएको छ। प्रतिदिन एक जिबी डेटा प्याकअन्तर्गत सात दिनका लागि दुई सय ५० रुपैयाँ र २८ दिनका लागि आठ सय ५० रुपैयाँमा उपलब्ध प्याकमा भ्वाइस सुविधा थप गरी नयाँ इको भ्वाइस प्लस डेटा कम्बो प्याक ल्याएको टेलिकमले जनाएको छ। 

उक्त प्याकमा दुई सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाबाट जम्मा सात जिबी डेटा सात दिनभित्र प्रयोग गर्न मिल्ने टेलिकमले जनाएको छ।

यस्तै, आठ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा तीन सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाबाट जम्मा २८ जिबी डेटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।