BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तीन दिनमा तोलामा एक हजार २ सय रुपैयाँले गिरावट, चाँदी पनि थोरै घट्यो

२०७७ मंसिर ५

सुनको मूल्य तीन दिनमा तोलामा एक हजार २ सय रुपैयाँले गिरावट, चाँदी पनि थोरै घट्यो
सुनको मूल्य तीन दिनमा तोलामा एक हजार २ सय रुपैयाँले गिरावट, चाँदी पनि थोरै घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाविरुद्ध बिभिन्न कम्पनीले बनाइरहेका खोपको परीक्षण सफल भइरहेका खबर बाहिरिएसँगै बजारमा सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ।

नेपाली बजारमा अघिल्लो दिनको भन्दा ४ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार मूल्य ९४ हजार रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार तोलामा तोलाको ९५ हजार २ सय रुपैयाँ थियो।

यो साता बुधबारदेखि कायम भएको मूल्य तोलामा एक सय रुपैयाँले घटेको थियो। बिहीबार पुनः तोलामा ७ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। तीन दिनमा सुन प्रतितोला एक हजार २ सय रुपैयाँले घटेको छ। 

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार कारोबार मूल्य तोलाको एक हजार २ सय १० रुपैयाँ कायम भएको छ। गत शुक्रवार चाँदी तोलाको एक हजार २ सय २० रुपैयाँ थियो। बुधबार तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार २सय ३० रुपैयाँ पुगेको थियो। बिहीबार पुनः तोलामा १५ रुपैयाले घटेर तोलाको एक हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा तीन दिनमा तोलामा १० रुपैयाँले गिरावट आएको हो। कोभिडविरुद्ध बिभिन्न कम्पनीका खोप तयार भएर परीक्षणमा छ। संसारलाई आक्रान्त पारेको कोरोनाबाट राहत मिल्ने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव परेको हो। सुखद खबर बाहिरिएसँगै सुनको मूल्य थोरै थोरै घट्न थालेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज बिहान सुन प्रतिऔंस १८६७.४२ डलर र चाँदी  प्रतिऔंस २४.१७ डलरमा कारोबार भएको छ।  बिहीबार सुन प्रतिऔंस १८६८.२४ डलर र चाँदी २४.२२ डलरमा कारोबार भएको थियो।