BIZMANDU
www.bizmandu.com

कोदो पाक्यो बारीमा : किसानलाई कोदो भित्र्याउन यस्तो चटारो, १४ फोटोमा हेर्नुस्

२०७७ मंसिर ५

Tata
GBIME

नवलपुर। यतिबेला सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका किसानहरुलाई कोदो टिप्ने चटारो छ।

गाउँपालिकाको प्रमुख खाद्य बालीका रुपमा रहेको कोदो मंसिर नलाग्दै टिप्न शुरु गरिएको हो।

यस क्षेत्रमा प्रशस्त मात्रामा कोदो फल्दछ। परम्परागत रूपमा गरिँदै आएको कोदो खेती यस जिल्लाकै प्रमुख खाद्य बालीमा पर्छ।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भएकाले यस भेगमा कोदो प्रमुखताका साथ लगाइन्छ। अहिले टिपेको कोदोका कपनी घरमा लगी घाममा सुकाएर कुटेपछि निफनेर भकारीसम्म पुर्‍याउने गरिन्छ।