BIZMANDU
www.bizmandu.com

‘सिड स्टार्स वर्ल्ड’ प्रतिष्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी, अटोमेसनमा लैजान थप काम 

२०७७ मंसिर ३

‘सिड स्टार्स वर्ल्ड’ प्रतिष्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी, अटोमेसनमा लैजान थप काम 
‘सिड स्टार्स वर्ल्ड’ प्रतिष्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी, अटोमेसनमा लैजान थप काम 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा खानेपानी समितिहरूलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रालि. ‘सिड स्टार्स वर्ल्ड प्रतिष्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ। 

नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिष्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो। 

मंगलबार ‘सिड स्टार्स’ ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो। यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ। 

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएको जानकारी दिँदै अब यी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने बताए। 

नेपालमा दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ। 

यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ। यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इ-लेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ।