BIZMANDU
www.bizmandu.com

जाने होइन त कैलालीमा जिपलाइनको आनन्द लिन, कोरोनाका बावजुद पनि पर्यटक आउँदै

२०७७ मंसिर ३

जाने होइन त कैलालीमा जिपलाइनको आनन्द लिन, कोरोनाका बावजुद पनि पर्यटक आउँदै
जाने होइन त कैलालीमा जिपलाइनको आनन्द लिन, कोरोनाका बावजुद पनि पर्यटक आउँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ। 

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुद पनि जिप लाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन्। 

कैलालीको महोन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली नदीको किनारमा जिपलाइन सेवा सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो। साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ।

२०७६ सालको माघ महिनादेखि जिपलाइन सञ्चालनमा आए पनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो। चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो। यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए। 

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन्।