BIZMANDU
www.bizmandu.com

हुवावेले अनर ब्राण्ड बेच्ने, अमेरिकी प्रतिबन्ध र सामसङसँगको प्रतिस्पर्धा मुख्य कारक

२०७७ कात्तिक २६

हुवावेले अनर ब्राण्ड बेच्ने, अमेरिकी प्रतिबन्ध र सामसङसँगको प्रतिस्पर्धा मुख्य कारक
हुवावेले अनर ब्राण्ड बेच्ने, अमेरिकी प्रतिबन्ध र सामसङसँगको प्रतिस्पर्धा मुख्य कारक

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता हुवावेले 'अनर' ब्राण्ड बिक्री गर्ने भएको छ। आफ्नो सहायक फोन उत्पादन युनिट अनर १५.२ बिलियन अमेरिकी डलरमा सेन्जेन सरकार, डिजिटल चाइनासहित अन्यलाई बेच्न लागेको हो।

हालको विनिमय दर अनुसार हुवावेले करिब १८ खर्ब आठ अर्ब रुपैयाँमा अनर बिक्री गर्न लागेको छ। हुवावेले अनर सिरिजमार्फत् बजेट ब्राण्डका स्मार्टफोन उत्पादन गर्दै आएको छ। 

अमेरिकाले हुवावेको उत्पादनमा लगाएको प्रतिबन्धका साथै दक्षिण कोरियाली कम्पनी एवम् हुवावेको प्रतिस्पर्धी  सामसङले हाइ-इन्ड मोबाइल ह्यान्डसेट उत्पादनमा ध्यान केन्द्रित गरेपछि अनर बिक्री गर्न लागेको बुझिएको छ। गत वर्षबाट अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम पर्ने भन्दै आफ्ना कम्पनीहरुलाई हुवावेसँग व्यापार व्यवसाय गर्न रोक लगाएको थियो। तर, हुवावेले अमेरिकी आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्यातकर्ता कम्पनी हो। 

बिक्रीपछि अनरको मुख्य वितरक डिजिटल चाइना ग्रुप कम्पनी लिमिटेड र अनर टर्मिनल कम्पनी लिमिटेडको समान १५ प्रतिशत सेयर स्वामित्व रहने बताइएको छ। हुवावेको पूर्ण स्वामित्व रहेको अनर टर्मिनल गत अप्रिलमा मात्रै संलग्न भएको थियो। डिजिटल चाइनाले हुवावेलाई क्लाउड कम्प्युटिङ, बैंक कर्जा प्रवाहमा सहकार्य गर्दै आएको छ। सेन्जेन सरकारको सहयोग रहेका करिब तीन लगानीकर्ता फर्महरुको १० देखि १५ प्रतिशत स्वामित्व पनि रहने बताइएको छ। लोअर प्राइस्ड ह्यान्डसेट सेगमेन्टमा अनरको मुख्य प्रतिस्पर्धी ब्राण्ड साओमी, ओप्पो र भिभो छन्।

अनरले गत जुलाइ-सेप्टेम्बरमा ५१ करोडभन्दा बढी थान स्मार्टफोन सिपिङ गरेको थियो। अनरले स्मार्टफोनसँगै ल्याप्टप, ट्याब्लेट, स्मार्ट टिभी उत्पादन गर्दै आएको छ। बिक्रीपछि अनरले पुरानै व्यवस्थापन टिमसहित सात हजारभन्दा बढी कर्मचारीबाट काम अघि बढाउने छ। अबको तीन वर्षभित्रमा अनर सार्वजनिक गर्ने लक्ष्य कम्पनीको छ।