BIZMANDU
www.bizmandu.com

विश्व अर्थतन्त्रः बाइडेनले कसरी पुर्लान् ट्रम्पले खनेका खाडलहरु ? प्रभात भट्टराईको विश्लेषण

२०७७ कात्तिक २६

विश्व अर्थतन्त्रः बाइडेनले कसरी पुर्लान् ट्रम्पले खनेका खाडलहरु ? प्रभात भट्टराईको विश्लेषण
विश्व अर्थतन्त्रः बाइडेनले कसरी पुर्लान् ट्रम्पले खनेका खाडलहरु ? प्रभात भट्टराईको विश्लेषण

Tata
GBIME
Nepal Life

जलवायु परिवर्तन वैश्विक सम्बन्धको नयाँ आयामको रूपमा विकास भइरहेको बेला प्रमुख शक्ति राष्ट्रहरुको समान प्राथमिकताले समन्वयात्मक यात्रालाई थप सहज बनाउने फेडेरेट्ड हर्मसका ग्लोबल इक्विटी पोर्टफोलियो म्यानेजर डुड्लेको विश्वास छ। अमेरिकाले आगामी दिनमा विद्युतीय कार, ब्याट्री, वायु एवं सौर्य उर्जामा तीव्र लगानी बढाउने बाइडेनले प्रष्ट पारिसकेका छन्। यसले बाँकी विश्वमा समेत नयाँ आर्थिक अवसर सिर्जना हुनसक्छ। 

सप्ताहान्तमा आएको अमेरिकी राष्ट्रपतीय निर्वाचन नतिजाको रौनक सोमबार विश्वभरका सेयर बजारमा देखियो। पश्चिमी मुलुकका बजार खुल्नु अघि अर्को उत्साहजनक समाचार आयो – कोरोना भाइरस भ्याक्सिनको सफलता बारे। यी दुई कारणले सोमबार संसारभरकै बजारमा हरियाली छायो। मंगलबार पनि यो क्रमले निरन्तरता पायो।

जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित हुनुलाई पूर्वदेखि पश्चिमा मुलुकसम्मका लगानीकर्ताले अल्पकालमा राहत महसुस गरेको परिणाम हो सोमबार र मंगलबारको बजार वृद्धि। डोनाल्ड ट्रम्पको अनिश्चित एवं सनकी व्यवहार, आफ्नो हठ लाद्न भन्सार महसुलको अस्त्र प्रयोग, अस्वाभाविक ट्विट वर्षा आदिबाट आजित लगानीकर्तालाई बाइडेनले स्थिर आर्थिक र व्यापार नीति अवलम्बन गर्छन् भन्ने अपेक्षा छ। 

सन् २००९ मा बाइडेन बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्दा विश्व अर्थतन्त्र तीव्र गतिमा मन्दीतर्फ धकेलिँदै थियो। अनावश्यक उछालिएको रियलस्टेटमा धक्का लागेसँगै अर्थतन्त्रको जग मानिने बैंकिङ क्षेत्र धरमराउन पुग्यो। परिणामस्वरुप डेढ सय वर्षको इतिहास भएको लेम्यान ब्रदर्स जस्तो बैंक इतिहासमा सीमित भयो। अमेरिकी उत्पादनमूलक क्षेत्रको आधार मानिने अटो (कार) उद्योग धरासायी अवस्थामा पुग्यो। नामुद अमेरिकी कम्पनीहरु जेनेरल मोटरदेखि फोर्डसम्म ताला लाग्ने अवस्थामा पुगे। अमेरिकामा मात्र बेरोजगारको संख्या १० प्रतिशत छुन लागेको थियो। 

ओबामा र बाइडेनको जोडी यो प्रतिकूलता सहजतापूर्वक चिर्न सफल भयो। अमेरिकी अटो उद्योगले पुनर्जीवन पायो। सुस्ताएको सेवा क्षेत्रले क्रमशः त्राण पाउँदा दोस्रो कार्यकालमा लगातार उत्साहजनक रोजगारी वृद्धिको रहरलाग्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाउन ओबामा र बाइडेन सफल भए। त्यहीबेला तय नीतिगत व्यवस्था र नियमन संयन्त्रका कारण कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको गम्भीर धक्काका बाबजुद बैंकिङ क्षेत्रको सुदृढतामा कमी आएको छैन। 

सन् २००८ र ०९ को आर्थिक मन्दीबाट अमेरिका बाहिर निस्किँदै जाँदा विश्व अर्थतन्त्र पनि बौरिन थाल्यो। अन्तर्राष्ट्रिय व्यापार सुदृढ भयो। चीन जस्ता ठूला उत्पादक मात्र होइन बंगलादेश र भियतनाम जस्ता विकासोन्मुख अर्थतन्त्रमा नयाँ नयाँ फ्याक्ट्री खुल्न थाले। 

अर्को लगानी व्यवस्थापन कम्पनी क्विल्टर सेभिओटका इन्भेष्टमेन्ट म्यानेजर हेनरी फ्लादरले सीएनबीसीसँगै बताएअनुसार अमेरिका फेरि विश्वव्यापीकरणतर्फ अग्रसर भएको देख्न पाइने छ। र, त्यसबाट सिंगो विश्वले लाभ लिने उनको विश्वास छ। 'विश्व आर्थिक वृद्धिका लागि संवेदनशील मानिने क्षेत्र तुलनात्मक रूपमा लाभग्राही हुनेछ,' उनको भनाइ छ-' सबल उत्पादनमूलक उद्योग रहेको युरोप एवं जापान यो सूचीमा अगाडि हुन सक्छन्।'

विश्व अर्थतन्त्रले समातेको स्वाभाविक गतिमा चार वर्षअघि ट्रम्पको अप्रत्याशित उदयले नसोचेको तरंग ल्यायो। रणनीति र दिगो लक्ष्यभन्दा आफ्नो अहं तुष्टिका लागि ट्रम्पले बिभिन्न देशसँग व्यापार युद्ध सुरु गरे। अमेरिकाको सबैभन्दा ठूलो ब्यापार साझेदार चीनदेखि छिमेकी क्यानडा र मेक्सिकोसम्मलाई अनेक भन्सार शुल्क तोकियो। प्रत्युत्तरमा सम्बन्धित देशले पनि भन्सारको शस्त्र चलाउन थाले। 

लामो समयको अनिश्चयबीच दोस्रो कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा ट्रम्प साझेदार देशहरुसँग नयाँ ब्यापार सम्झौता गर्न हतारिए। चीनसँग लामो चरणको वार्तापछि गत जनवरीमा पहिलो सम्झौता सम्पन्न भयो। तर, त्यसले अमेरिकी हित नगर्ने भन्दै उनकै दल एकमत थिएनन्। त्यत्तिकैमा कोरोना भाइरस महामारी सुरु भयो। ब्यापार र अर्थतन्त्रबाट संसारको ध्यान जनस्वास्थ्यतर्फ मोडियो, जुन अवस्था आज पनि कायम छ।

भाइरस निवारणको भ्याक्सिन पत्ता लागेर विश्व सामान्य अवस्थामा फर्किएसँगै फेरि अर्थतन्त्र केन्द्रमा आउनेछ। र, त्यो बेला ट्रम्प नामको झड्का विश्वसामु हुने छैन। त्यसको लाभ अल्पदेखि दीर्घकालसम्म नै साना ठूला सबै देशले पाउनेछन्। बाइडेन विजयको फाइदा विश्वभरका सेयर लगानीकर्ताले पाउने तथ्यगत आधार बेलायती इन्भेष्टमेन्ट फर्म क्वाइल्टर सेभिटका म्यानेजर डेभिड हेनरीले सीएनबीसी सामु प्रस्तुत गरेका छन्। 

उनका अनुसार अमेरिकी निर्वाचन परिणाम लगानीकर्ताका लागि 'उत्तम अवसर' हो। अमेरिकामा डेमोक्रेटिक राष्ट्रपति र रिपब्लिकन संसद रहेको बेला सेयर बजारले वार्षिक १४ प्रतिशत हाराहारी नतिजा दिने गरेको उनको विश्लेषण छ। हेनरीका १९४५ यताका सम्पुर्ण निर्वाचन परिणामलाई आफ्नो विश्लेषणको आधार बनाएको जनाएका छन्। 

भाइरस निवारणको भ्याक्सिन पत्ता लागेर विश्व सामान्य अवस्थामा फर्किएसँगै फेरि अर्थतन्त्र केन्द्रमा आउनेछ। र, त्यो बेला ट्रम्प नामको झड्का विश्वसामु हुने छैन। त्यसको लाभ अल्पदेखि दीर्घकालसम्म नै साना ठूला सबै देशले पाउनेछन्। बाइडेन विजयको फाइदा विश्वभरका सेयर लगानीकर्ताले पाउने तथ्यगत आधार बेलायती इन्भेष्टमेन्ट फर्म क्वाइल्टर सेभिटका म्यानेजर डेभिड हेनरीले सीएनबीसी सामु प्रस्तुत गरेका छन्। 

यसपाली राष्ट्रपतिसहित अमेरिकी हाउस अफ रिप्रिजेन्टेटेटिभ डेमोक्र्याटसँग रहने पुष्टि भइसकेको छ। सिनेटमा अहिलेसम्म रिपब्लकिनको बहुमत छ। जनवरीमा हुने सिनेटका दुई सिटको उपनिर्वाचनले कुन पार्टीको नियन्त्रण रहने भन्ने टुंगो लगाउने छ। लामो समयदेखि रिपब्लिकन प्रभाव रहेको जर्जियामा चुनाव हुन लागेको कारण डेमोक्र्याटले जित्ने सम्भावना कम रहेको विश्लेषकहरुको ठम्याइ छ।

इन्भेष्टमेन्ट म्यानेजमेन्ट गर्ने अर्को विश्व प्रसिद्ध कम्पनी ब्ल्याकरकका भाइस चेयरमेन फिलिप हिल्डब्रान्डले ब्लुमबर्ग टीभीसँग कुरा गर्दै बजारमा तत्कालै धेरै खाले अन्तर देखिने बताएका छन्। उनका अनुसार लगानी वृद्धि र बजारको गति दुवैले 'बुलिस ट्रेन्ड' देखाउनेछन्। 

'हामी यसमा निश्चिन्त हुन सक्छौं कि अमेरिका फेरि प्रणालीमा आधारित भएर चल्न थाल्नेछ र अहिले संसारले झेलिरहेका धेरै समस्या समाधानका लागि अमेरिकी कदमबारे प्रक्षेपण गर्न सकिनेछ,' उनले भनेका छन्। न्यूयोर्कमा मुख्यालय रहेको ब्यालरकले आठ ट्रिलियन डलर बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय ब्यापारमा बाइडेन ट्रम्प जस्तो भङ्जाहा हुने छैनन्। स्वाभाविक रूपमा उनले अमेरिकी उत्पादनमूलक उद्योग प्रवर्द्धनको नीति लिएका छन्। तर, त्यसका लागि विदेशी साझेदार या छिमेकी मुलुकहरुसँग व्यापार युद्धको जेहाद छेड्ने छैनन्। स्वदेशी उद्योग प्रवर्द्धनका लागि आन्तरिक लगानी बढाउने कार्य योजना सार्वजनिक गरिसकेका छन्। 

लगानी व्यवस्थापन गर्ने अर्को कम्पनी फेडेरेट्ड हर्मसका ग्लोबल इक्विटी पोर्टफोलियो म्यानेजर लोउस डुड्लेले सीएनबीसीसँग बताए अनुसार अन्तर्राष्ट्रिय ब्यापारको सन्दर्भमा बाइडेनको कार्यकाल 'सहज र समन्वयकारी' हुनेछ। अबका दिनमा 'कम ब्यापार युद्ध र बढी ब्यापार वार्ता' भएको देख्न पाइने उनको अपेक्षा छ। यस्तो निश्चितताले विश्वभरीका कम्पनीलाई सहज व्यवसायीक वातावरण उपलब्ध गराउने उनले बताएकी छन्।

अर्को लगानी व्यवस्थापन कम्पनी क्विल्टर सेभिओटका इन्भेष्टमेन्ट म्यानेजर हेनरी फ्लादरले सीएनबीसीसँगै बताएअनुसार अमेरिका फेरि विश्वव्यापीकरणतर्फ अग्रसर भएको देख्न पाइने छ। र, त्यसबाट सिंगो विश्वले लाभ लिने उनको विश्वास छ। 'विश्व आर्थिक वृद्धिका लागि संवेदनशील मानिने क्षेत्र तुलनात्मक रूपमा लाभग्राही हुनेछ,' उनको भनाइ छ-' सबल उत्पादनमूलक उद्योग रहेको युरोप एवं जापान यो सूचीमा अगाडि हुन सक्छन्।'

ट्रम्पले भताभुंग बनाएको जलवायु परिवर्तनविरुद्धको हातेमालोलाई बाइडेनले पुनर्जीवन दिनेछन्। अमेरिकी नेतृत्वबिना जलवायु परितवर्नको मुद्दाले गति पाउन नसकेको कैयन् युरोपेली मुलुकहरुकै ठम्याइ छ। नवीकरणीय ऊर्जामा जोड दिएर खनिजलाई प्रतिस्थापन गर्दै लैजाने विश्वव्यापी कार्यक्रमले नेपालजस्ता साना मुलुक पनि लाभग्राहीको सूचीमा उक्लिनेछन्। 

ओबामा र बाइडेनको जोडी यो प्रतिकूलता सहजतापूर्वक चिर्न सफल भयो। अमेरिकी अटो उद्योगले पुनर्जीवन पायो। सुस्ताएको सेवा क्षेत्रले क्रमशः त्राण पाउँदा दोस्रो कार्यकालमा लगातार उत्साहजनक रोजगारी वृद्धिको रहरलाग्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाउन ओबामा र बाइडेन सफल भए। त्यहीबेला तय नीतिगत व्यवस्था र नियमन संयन्त्रका कारण कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको गम्भीर धक्काका बाबजुद बैंकिङ क्षेत्रको सुदृढतामा कमी आएको छैन। 

ट्रम्प निर्णयका कारण अमेरिका बाहिरएको पेरिस क्लाइमेट एकर्डमा अमेरिका तुरुन्तै जोडिने बाइडेनको प्रतिबद्धता छ। साथै उनले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको नीति अख्तियार गरेका छन्। चीन र युरोपेली मुलुकहरुले यसअघि नै यस्तै नीति अवलम्बन गरिसकेका छन्।