BIZMANDU
www.bizmandu.com

जनकपुरका रत्नेशकुमार कर्णले जिते टिभिएसको सबैभन्दा महँगो वाइक अपाचे आरआर -३१०

२०७७ कात्तिक २१

जनकपुरका रत्नेशकुमार कर्णले जिते टिभिएसको सबैभन्दा महँगो वाइक अपाचे आरआर -३१०
जनकपुरका रत्नेशकुमार कर्णले जिते टिभिएसको सबैभन्दा महँगो वाइक अपाचे आरआर -३१०

Tata
GBIME

काठमाडौं। टिभिएस दसैंको आशा योजनाका पाँचौ साताका विजेता रत्नेशकुमार कर्ण बनेका छन्। उनले टिभिएसको जनकपुर शोरुमबाट टिभिएस स्ट्राइकर वाइक किनेका थिए।

उनले टिभिएसको सबैभन्दा महँगो वाइक अपाचे आरआर -३१० उपहार पाएका छन्। नेपाल आइडल सिजन-२ विजेता रवि ओडले सप्तरङ कार्यक्रममार्फत टिभिएससँग जोडिएको बताउँदै यो ब्राण्डप्रति विश्वास बढेको बताएका थिए।

एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुक पेजमार्फत विजेता घोषणा कार्यक्रम लाइभ गरिएको थियो। ओडले गोलाप्रथा गर्दा कर्ण विजेता बनेका हुन्।ओडले कर्णलाई टेलिफोनमार्फत अब अपाचे आरआर -३१० वाइक चढ्न पाउने भन्दै जानकारी दिएका थिए। कार्यक्रममा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले सयदेखि ३१० सीसी सम्मका टिभिएस वाइक नेपाली बजारमा बिक्री भइरहेको बताए।