BIZMANDU
www.bizmandu.com

क्लिन फिडसहित एचडीमा नभइ एसडीमा आउन थाले बिहीबारबाट केही विदेशी च्यानलहरु

२०७७ कात्तिक १३

क्लिन फिडसहित एचडीमा नभइ एसडीमा आउन थाले बिहीबारबाट केही विदेशी च्यानलहरु
क्लिन फिडसहित एचडीमा नभइ एसडीमा आउन थाले बिहीबारबाट केही विदेशी च्यानलहरु


काठमाडौं। सरकारले गत कात्तिक ७ को मध्यरातबाट क्लिन फिड लागु गरेपछि बन्द भएका विदेशी च्यानलहरुको प्रसारण संचालनमा आउने क्रम सुरु भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि अधिकांश विदेशी च्यानल एचडी (हाइ डेफिनेसन) गुणस्तरमा हेरिरहेका नेपाली दर्शकहरु अहिले एसडी (स्ट्यान्डर्ड डेफिनिसन) मा चित्त बुझाउन बाध्य भएका छन्। पछिल्लो पटक स्टार गोल्ड, स्टार प्लस, कलर्स, कलर्स रिस्ते, निक, जूम, एमटिभी, टाइम्स नाउ, हिस्ट्री टिभीलगायतका च्यानलहरु एसडी गुणस्तरणमा प्रसारण सुरु भएको नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले बताएका छन्।

बाँकी च्यानलहरुको पनि प्रसारण चाँडै गर्ने तयारी भइरहेको मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले जानकारी दिए। डिसहोम, सिम टिभी, नेट टिभी, क्लियर टिभी लगायतका अपरेटरहरुले पनि यी च्यानलहरुको प्रसारण सुरु गरेको जनाएका छन्।

बुधबारबाट भने नेपालका अधिकांश केबल तथा सेटेलाइट अपरेटरहरुले आइपी प्रविधिमार्फत् स्टार स्पोर्टस्-१ को प्रसारण सुचारु गरेका थिए। इन्डियन प्रमियर लिग (आइपिएल) को प्रत्यक्ष प्रसारण यही च्यानलबाट हुने गरेको छ। सोनी, सोनी टेन, स्टार स्पोर्टस् सेलेक्ट लगायतका च्यानलहरुको प्रसारण अझै सुचारु हुन सकेको छैन।