BIZMANDU
www.bizmandu.com

दसैं बिदाका पाँच दिन कनेक्ट आइपीएसबाट ८४ करोड रुपैयाँको भुक्तानी, साढे ७५ हजार कारोबार

२०७७ कात्तिक १२

दसैं बिदाका पाँच दिन कनेक्ट आइपीएसबाट ८४ करोड रुपैयाँको भुक्तानी, साढे ७५ हजार कारोबार
दसैं बिदाका पाँच दिन कनेक्ट आइपीएसबाट ८४ करोड रुपैयाँको भुक्तानी, साढे ७५ हजार कारोबार

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट दसैं बिदाको ५ दिनमा ८४ करोड रुपैयाँको कारोबार भएको छ। यो कनेक्ट आइपीएसमार्फत भएको भुक्तानी हो।

एनसीएचएलबाट भएको कारोबारको राफसाफ राष्ट्र बैंकले गर्छ। बिदाकै दिन गत आइतबार राफसाफ हुँदा ४८ करोड रुपैयाँको कारोबार देखिएको थियो। हिजो मंगलबारसम्मको राफसाफ थप ३६ करोड रुपैयाँको भएको छ।

दसैं बिदा गत बिहीबारदेखि हिजो मंगलबारसम्म थियो। पाँच दिनको बिदामा कुल साढे ७५ हजार वटा कारोबार भएको छ। 

प्रमुख कार्यकारी निलेषमान सिंह प्रधानका अनुसार, पहिलो दिन १५ हजार, दोस्रो दिन २३ हजार, तेस्रो दिन १३ हजार, चौथो दिन ११ हजार र अन्तिम दिन साढे १० हजार वटा कारोबार भएको छ।

'विगतको तुलनामा कारोबार रकम बढेको छ' उनले बिजमाण्डूसँग भने, 'डिजिडल दक्षिणा स्किममा पनि राम्रै कारोबार भएको छ।'

एनसीएचएलले कात्तिक १ गते घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म 'डिजिटल दक्षिणा' स्किम सुरु गरेको छ। अहिलेसम्म तीन हजार वटा कारोबार भएको छ। यसमा कुल ८१ लाख रुपैयाँको कारोबार भएको उनले जानकारी दिए।