BIZMANDU
www.bizmandu.com

कम्प्युटर प्रोसेसर उत्पादक झिलिंक्सलाई एएमडीले ३५ अर्ब डलरमा किन्दै, इन्टेललाई चुनौतीको तयारी

२०७७ कात्तिक ११

कम्प्युटर प्रोसेसर उत्पादक झिलिंक्सलाई एएमडीले ३५ अर्ब डलरमा किन्दै, इन्टेललाई चुनौतीको तयारी
कम्प्युटर प्रोसेसर उत्पादक झिलिंक्सलाई एएमडीले ३५ अर्ब डलरमा किन्दै, इन्टेललाई चुनौतीको तयारी

  

Tata
GBIME
Nepal Life

सान जोसे, क्यालिफोर्निया। चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।     
     
यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।     
     
झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको सेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका सेयरधनीले अब प्रतिसेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको सेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ ।     
     
एएमडीले उत्पादन गरेका प्रोसेसर टेक्नोलोजीहरु सीपीयू, जीपीयू, एफपीजीए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।     
     
झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।     
     
एएमडीका प्रमुख कार्यकारी डा लिसा सूले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। पेङ भने एएमडीको अध्यक्ष रहेर झिलिङ्क्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनेछन् ।     
     
यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुवै कम्पनीका सेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।