BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे कोरोना ‘पोजेटिभ’, अनिल शाहको अवस्था सामान्य

२०७७ कात्तिक ११

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई पनि 'कोरोना पोजेटिभ' देखिएको छ।

संक्रमण देखिए पनि उनको स्वास्थ्य भने सामान्य रहेको छ। उनी घरैमा आइसोलेसनमा छन्। उनी कामको सिलसिलामा पोखरा लगायतका ठाउँ गएका थिए। यात्राका क्रममा कतैबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ। उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ।

पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्। राष्ट्र बैंकका क्याडर उनी राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी हुँदै हिमालयन बैंकको पनि प्रमुख कार्यकारी अधिकृत भएका थिए। इन्डोस्वेज बैंक खरिद गरेर नेपाल इन्भेष्टमेन्ट बैंक बनाएपछि उनी कार्यकारी अध्यक्ष भएका थिए। अहिले उनी अध्यक्ष मात्र छन्।

कोरोना संक्रमण देखिएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको अवस्था सामान्य छ। उनी पनि घरैमा आइसोलेसनमा छन्। उनले हिजो फेरि कोरोना टेस्ट गराएका छन्। नतिजा भने आइसकेको छैन।