BIZMANDU
www.bizmandu.com

सिनो हाइड्रो सगरमाथाको २२ प्रतिशत नगद लाभांश वितरण, सवा तीन अर्बको बिजुली बिक्री

२०७७ कात्तिक ८


काठमाडौं। सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले २२ प्रतिशत नगद लाभांश वितरण  गरेको छ। 

Tata
GBIME

अपर मर्स्याड्दी 'ए' जलविद्युत परियोजनाको जडित क्षमता ५० मेगावाट छ। कम्पनीले १६ करोड रुपैयाँ नगद वितरण गरेको हो। 

यो पावर चाइना र चितवनको कोइ समूहअन्तर्गत सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको सिनो हाइड्रो आयोजना हो। कम्पनीले चार वर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आइरहेको छ।

यसको ५ अर्ब रुपैयाँ कुल पुँजी छ। यसमा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेको छ।  कम्पनीले लमजुङ जिल्लामा  ५० मेगावाट विद्युत उत्पादन गर्छ।

अघिल्लो वर्ष ५० करोड नाफा गरेको कम्पनीले यसपाली साढे ७२ करोड नाफा गरेको छ। कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो।

कम्पनीका अनुसार यो परियोजनाका लागि १६ अर्ब ४० करोडभन्दा बढी खर्च भएको छ। परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ।