BIZMANDU
www.bizmandu.com

ग्लोबल आईएमई बैंकले गर्‍यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६ प्रतिशत

२०७७ कात्तिक ७

ग्लोबल आईएमई बैंकले गर्‍यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६ प्रतिशत
ग्लोबल आईएमई बैंकले गर्‍यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६ प्रतिशत


काठमाडौं । ग्लोेबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर र  करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो । 

यस वर्ष प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको पुँजी करीब १८ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँभन्दा माथि पुग्नेछ।

बैंकले हाल १३३ शाखा, १४२ एटिएम तथा ७ वटा एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा संचालन गरिरहेको छ । यसबाहेक ग्लोबल आईएमई बै‌ंकले विदेशमा पनि तीन वटा प्रतिनिधि कार्यालयमाफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।