BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको एपबाट दक्षिणा दिँदा ग्राहकलाई एक सय रुपैयाँ क्यास ब्याक, के गर्नु पर्छ पाउन

२०७७ कात्तिक ६

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा स्किम ल्याएको छ। बैंकले कोभिड १९ को जोगिम बढ्दै गएको सन्दर्भमा नगदमा नभइ अनलाइन माध्यमबाट नगद भुक्तानीका लागि यस्तो स्किम ल्याएको जनाएको छ।

डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने छ।

विजयादशमीदेखि पुर्णिमाका दिनसम्म स्किम लागू हुनेछ। माछापुच्छ्रे बैंकको बैंकिङ एपमार्फत दक्षिणा दिनु पर्नेछ।

दक्षिणा जुनसुकै बैंकको खातामा पठाउन सकिन्छ। क्यास ब्याक पाउन ग्राहकले प्रोमो कोडमा दक्षिणा लेख्नु पर्नेछ। क्यासब्याक रकम पुर्णिमापछि ग्राहकको खातामा हालिने छ।

क्यास ब्याक पाउन न्यूनतम २०० रुपैयाँ वा त्योभन्दा बढीको दक्षिणा कारोबार भएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।