BIZMANDU
www.bizmandu.com

उद्यमी बन्न चाहनेका लागि अवसर, उत्कृष्ट आइडिया भएकाले ३ % ब्याजमा १५ लाख रुपैयाँ ऋण पाउने

२०७७ कात्तिक ६

उद्यमी बन्न चाहनेका लागि अवसर, उत्कृष्ट आइडिया भएकाले ३ % ब्याजमा १५ लाख रुपैयाँ ऋण पाउने
उद्यमी बन्न चाहनेका लागि अवसर, उत्कृष्ट आइडिया भएकाले ३ % ब्याजमा १५ लाख रुपैयाँ ऋण पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्यमी बन्न चाहने युवाका लागि बागमति प्रदेश, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आब्हान गर्ने भएका छन्।

उत्कृष्ट आइडिया पठाउने युवालाई निशुल्क तालिम दिने र  राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिनेछ। सहुलियतपूर्ण कर्जाका लागि बुधबार सम्झौंता भएको छ।बागमती प्रदेशका उद्योग सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थिती थियो।  यो कर्जा न्युनतम एकदेखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम  १५ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

कार्यक्रममा मन्त्री नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताए। ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने उनले जिकिर गरे।

समझदारी अनुसार मंसिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ। पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालिम दिएर फागुन र चैत महिनामा सहुलियतपूर्ण कर्जा दिइनेछ।