BIZMANDU
www.bizmandu.com

एनआईसी एशियाको २० प्रतिशत लाभांश प्रस्ताव, १९ प्रतिशत बोनस सेयर, झण्डै दुई अर्ब पुँजी बढ्ने

२०७७ कात्तिक ४

एनआईसी एशियाको २० प्रतिशत लाभांश प्रस्ताव, १९ प्रतिशत बोनस सेयर, झण्डै दुई अर्ब पुँजी बढ्ने
एनआईसी एशियाको २० प्रतिशत लाभांश प्रस्ताव, १९ प्रतिशत बोनस सेयर, झण्डै दुई अर्ब पुँजी बढ्ने

Tata
GBIME
Nepal Life

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६\७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समिति बैठकले १९ प्रतिशत बोनस सेयर (एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँ) र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश (९ करोड ७२ लाख रुपैयाँ) प्रदान गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २३ औं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

बैंकले गत आर्थिक वर्षमा प्रति सेयर ३१.८९ रुपैयाँ आम्दानी गर्न सफल भएको थियो भने खुद मुनाफा तीन अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको थियो।