BIZMANDU
www.bizmandu.com

५ दिन बैंकका सबै शाखाहरु बन्द हुने, एटीएम चल्ने, डिजिटल बैंकिङ प्रयोग गर्न संघको अपिल

२०७७ कात्तिक ४

Tata
GBIME
Nepal Life

काठमाडौ। नेपाल बैंकर्स संघले पाँच दिन बैंकहरुको शाखा बन्द गर्ने जनाएको छ। हरेक दिन कोभिड संक्रमित कर्मचारी बढरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग दसैं बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गते (टिकाको भोलिपल्ट) सम्म बैंकका शाखाहरु बन्द हुने छन्। यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए। निश्चित अवधिका लागि दसैं बिदाका बेला पनि शाखा खुल्थ्यो।

संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ३७ सयभन्दा बढी कर्मचारी संक्रमित छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुनेछ।

संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ।