BIZMANDU
www.bizmandu.com

दसैं खर्च जोहो गरेपछि सेयर खरिदतर्फ लागे लगानीकर्ता, दिनभरमा अर्ब नजिकको कारोबार

२०७७ कात्तिक ३

Tata
GBIME
Nepal Life

काठमाडौं। दसैं सुरु भएपछि सेयर बजारमा उछाल देखिन थालेको छ। दसैं खर्च जोहोपछि लगानीकर्ता सेयर खरिदतिर लाग्दा माग बढेर बजारमा सुधार आएको हो।

सेयर बजार १३.५८ अंक बढेर १५७०.३८ विन्दुमा बन्द भएको छ। आइतबार १५५६.८० विन्दुमा बन्द भएको नेप्से सूचक सोमबार १५५६.८६ विन्दुबाट सुरु भएको थियो। नियमित कारोबार सुरु भएको पाँच मिनेटसम्म घटेको सेयर बजार त्यसपछि निरन्तर बढेर बन्द भएको हो। सोमबार सूचक बढेर दोस्रो घण्टामा १५६९.४७ विन्दुसम्म पुगेको थियो। 

दसैंका लागि खर्च जोहो गरिसकेका लगानीकर्ता दसैंपछिका लागाि लगानी गर्न थालेका छन्। दसैंपछि सेयर बजार बढ्ने अनुमानले सोमबार सेयर बजार बढेको एक लगानीकर्ताले बताए। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण दसैंपछि सार्वजानिक हुने र गत वर्षको नाफाबाट लाभांश घोषणा पनि दसैंपछि हुने भएकाले लगानीकर्ताहरु सेयर खरिदमा लागेको ती लगानीकर्ताले बताए।

सोमबार नेप्से सूचक बढे पनि कारोबार रकम घटेको छ। १८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता सेयरको ९७ करोड ९० लाख ९४ हजार बराबरको सेयर कारोबार भएको छ।  सोमबार सबैभन्दा बढी अपि पावर कम्पनीको सेयर कारोबार भएको छ।

कम्पनीको ४ करोडको सेयर कारोबार भएको छ। सोमबार सेयर मूल्य बढ्नेमा धेरैजसो जलविद्युत कम्पनी छन्। जलविद्युत समूहको सूचक पनि ३.३१ प्रतिशत बढेको छ भने यसपछि निर्जीवन बीमा समूहको सूचक १.२९, वित्तको १.९८ प्रतिशत बढेको छ। विकास बैंकको सूचकसमेत १.५ प्रतिशत बढेको छ भने बाँकीको १ प्रतिशतभन्दा कमले बढेको छ  व्यापार समूहको सूचक भने घटेको छ। सेयर मूल्य बढ्नेको अग्रस्थानमा जनरल इन्स्योरेन्स रहेको छ भने बाँकी जलविद्युत कम्पनी रहेका छन्।