BIZMANDU
www.bizmandu.com

दसैंका लागि सिप्रदी र सरकारी निकायको सहकार्यमा उपत्यकाका ११ स्थानमा यात्रु सहायता कक्ष

२०७७ कात्तिक २

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ तथा सिप्रदियन सहायता संस्थाले ट्राफिक प्रहरी, नाडा र यातायात व्यवस्था विभागको सहकार्यमा उपत्यकाका विभिन्न ११ स्थानमा यात्रु सहायता कक्षम राखेको छ।

चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरेको कम्पनीले जनाएको छ।

आइतबार सामाजिक दुरी कायम गर्दै सहायता कक्ष सुरु गरिएको हो। कार्यक्रममा सिप्रदियन सहायता संस्थाका रजत श्रेष्ठ, टाटा मोटर्स कमर्सियल गाडीका सुरज सिंह, यातायात व्यवस्था विभागका केशव जम्मर कट्टेल लगायतको उपस्थिती थियो। हरेक कक्षमा रहने ट्राफिक र कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर र डिस्इन्फेक्ट समेत हस्तान्तरण गरिएको थियो।