BIZMANDU
www.bizmandu.com

हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्सले बुझाए नवीकरण शुल्क, सोमबारदेखि कारोबार फुकुवा

२०७७ कात्तिक २

हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्सले बुझाए नवीकरण शुल्क, सोमबारदेखि कारोबार फुकुवा
हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्सले बुझाए नवीकरण शुल्क, सोमबारदेखि कारोबार फुकुवा

Tata
GBIME
Nepal Life

काठमाडौं। वार्षिक नवीकरण शुल्क नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबार कारोबार रोकेकामध्ये दुई कम्पनीले शुल्क बुझाएका छन् ।

हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्सले नवीकरण शुल्क बुझाएको नेप्सेले जनाएको छ। नवीकरण शुल्क नबुझाउने २५ कम्पनी आइतबार नेप्सेको कारबाहीमा परेका थिए ।

कारबाहीमा परेकामा २० कम्पनी नेप्सेमा सूचीकृत भएपनि लामो समयदेखि दोस्रो बजारमा तिनको कारोबार भएको छैन। अन्य पाँचवटा भने नेप्सेमा  नियमित कारोबार भइरहेका कम्पनी हुन्।

जसमा हिमालयन डिष्टिलरी र मल्टिपपर्स फाइनान्सले आफूहरु कारबाहीमा परेको थाहा पाएलगत्तै नवीकरण शुल्क बुझाएको नेप्सेले जनाएको छ। नवीकरण शुल्क आएसँगै उनीहरुको रोक्का सेयर कारोबार खुला भएको छ।

आइतबार यी दुई कम्पनीको सेयर कारोबार रोक्का रहेपनि सोमबारदेखि कारोबार हुने छ। बाँकी रहेका तीन कम्पनी हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रो र नेपाल हाइड्रोले पनि उक्त शुल्क बुझाएपछि सेयर कारोबार खुलाउने नेप्सेले बताएको छ ।