BIZMANDU
www.bizmandu.com

दसैंले बढायो बैंकमा भिड, नयाँ नोट साट्ने ब्यवस्था नभएपनि बैंक पुग्दै, थोरै कर्मचारीबाट सेवा

२०७७ कात्तिक २

Tata
GBIME

काठमाडौं। दसैं सुरु भएपछि बैंक तथा वित्तीय संस्थामा भिडभाड बढेको छ। कोभिड संक्रमणको जोखिमका बाबजुद बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको हो।

बैंकहरुले अधिकांश शाखा कार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ। कर्मचारी नै कोरोना संक्रमित भएको शाखाको भने सेवा अवरुद्ध छ। त्यही भएर पनि ग्राहकहरुको भिड केही बढी देखिन्छ।

दसैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेको छ। कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ। 

केही बेंकले बाहिर 'नयाँ नोट पाइँदैन' भनेर सूचना टाँसेका पनि छन्। तैपनि सर्वसाधारणहरु नयाँ नोट साट्न पनि बैंक पुगेका छन्। 

कोभिड संक्रमणको कारण सबै कर्मचारीहरु उपस्थित पनि छैनन्। थोरै कर्मचारबाट सेवा दिनु परेकाले पनि ग्राहकको लाइन बढ्दै गएको देखिन्छ। बैंकहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नै पर्ने बाध्यता रहेको छ।