BIZMANDU
www.bizmandu.com

साढे चार वर्षपछि फर्स्ट माइक्रोफाइनान्स फिरे नुमनाथ, हाथवे छाडेर आफैंले खोलेको संस्थामा सिइओ

२०७७ कात्तिक २

साढे चार वर्षपछि फर्स्ट माइक्रोफाइनान्स फिरे नुमनाथ, हाथवे छाडेर आफैंले खोलेको संस्थामा सिइओ
साढे चार वर्षपछि फर्स्ट माइक्रोफाइनान्स फिरे नुमनाथ, हाथवे छाडेर आफैंले खोलेको संस्थामा सिइओ

Tata
GBIME
Nepal Life

काठमाडौं। साढे चार वर्षपछि नुमनाथ पौडेल फेरि फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था फर्किएका छन्। राष्ट्र बैंक छाडेर फर्स्ट माइक्रोफाइनान्स स्थापना गरेका उनले सात वर्ष काम गरेपछि प्राविधिक कारणले संस्था छाडेका थिए।

चार्टर्ड एकाउन्टेन्ट पौडेले पछिल्लो नौ महिना 'म्युचुअल फण्ड' कै हाराहारीमा लगानी गर्ने पुँजी भएको 'हाथवे इन्भेष्टमेन्ट' को प्रमुख कार्यकारी अधिकृत थिए। गत असोजमा हाथवे छाडेर कात्तिक १ गतेबाट उनी फर्स्ट माइक्रोफाइनान्समा आबद्ध भएका हुन्।

फर्स्टमा पौडेलको ब्यक्तिगततर्फ सबैभन्दा ठूलो सेयर लगानी छ। बीचमा राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दियो। चुक्ता पुँजी बढाउनका लागि केही प्राविधिक समस्याहरु थिए। त्यसैले दोस्रो कार्यकाल सकिन केही महिना अगाडि उनले फर्स्ट माइक्रोफाइनान्स छाडेका थिए।

बहालवालै अवस्थामा हकप्रद भर्न मिल्दैन थियो। त्यसैले उनले दोस्रो कार्यकाल बीचमै छाडेर बाहिरिनु परेको थियो। उनले पछि हकप्रदबाट संस्थालाई पुँजी उपलब्ध गराए। 

पौडेललाई आगामी चार वर्षका लागि संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।