BIZMANDU
www.bizmandu.com

सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्दा स्वाप रेसियो १००: ९६, आगामी पुसभित्रै एकीकृत कारोबार

२०७७ कात्तिक २

सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्दा स्वाप रेसियो १००: ९६, आगामी पुसभित्रै एकीकृत कारोबार
सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्दा स्वाप रेसियो १००: ९६, आगामी पुसभित्रै एकीकृत कारोबार

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्टलाई १०० बराबर ९६ को अनुपातमा प्राप्ति गर्ने भएको छ।शनिबार यी दुई वित्तीय संस्थाबीच यो प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिपत्र अनुसार यो स्वाप रेसियो तय भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार प्राप्तिपछि तिनाउ मिसनको १०० कित्ता सेयर सिटिजन्सको ९६ कित्तामा परिणत हुनेछ। अर्थात्, तिनाउको एक सेयर सिटिजन्सको ०.९६ बराबर मूल्यांकन भएको छ।

दुई वित्तीय संस्थाबीच हुनुभन्दा अघिल्लो कारोबार दिन (बिहीबार) दोस्रो बजारमा सिटिजन्स् बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ र तिनाउ मिशनको १९७ रुपैयाँ थियो। यही मूल्यलाई आधार मान्ने हो भने तिनाउको १९७ रुपैयाँको एक कित्ता सेयर सिटिजन्सले प्राप्ति गरेपछि रु. २१५ को ०.९६ (२१५x०.९६ ‍= रु २०६.४) बराबरको हुनेछ। 

यद्यपि, दुवै कम्पनीको डीडीए (ड्यु डेलिजेन्स अडिट) का आधारमा स्वाप रेसियो निर्धारण गरिएकाले डीडीए गर्दाको अवस्थामा योभन्दा फरक मूल्या‌ंकन भएको छ। जसअनुसार, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनको अहिलेको चुक्ता पुँजी करीब १ अर्ब ८१ करोड रुपैयाँ सिटिजन्सले प्राप्ति गर्दा ०.९६ गुणा अर्थात् १.७३७६ अर्ब हुनेगरी कायम गर्ने सहमति भएको छ। हाल सिटिजन्स बैंकको चुक्ता पुँजी भने  ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ।