BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले बुटवलको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सेयर स्वाप पछि तय

२०७७ कात्तिक २

सिटिजन्स बैंकले बुटवलको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सेयर स्वाप पछि तय
सिटिजन्स बैंकले बुटवलको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सेयर स्वाप पछि तय


Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलस्थित तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। मर्जरबाट ठूलो हुँदै गएको तिनाउ मिसन क्षेत्रीय स्तरको विकास बैंक हो।

बैंक राष्ट्रिय स्तरको बन्न चाहन्थ्यो। तर उसको प्रयास सफल भइरहेको थिएन। यसैबीच वाणिज्य बैंकसँग प्राप्तिमा गएको हो।

प्राप्ति सम्बन्धी सम्झौतापत्रमा सिटिजन्सका सञ्चालक तथा मर्जर समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन्। 

आइतबार कात्तिक २ गतेसम्मको तथ्यांकमा, सिटिजन्सले तिनाउ मिसन प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ। ऋण लगानी ९८ अर्ब रुपैयाँ पुग्नेछ भने कुल शाखा १६४ हुनेछ। 

हालको सिटिजन्स बैंकको चुक्ता पुँजी  ९ अर्ब ८ करोड रुपैयाँ छ भने तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए ) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ।