BIZMANDU
www.bizmandu.com

४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युतको शिलान्यास,  आयोजना २० महिनामा सक्ने

२०७७ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। अपि पावर कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण थालेको छ। शनिबार आयोजनाको शिलान्यास भएको छ।

मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले आयोजनाको शिलान्यास गरे। कम्पनीले यो आयोजनाको निर्माणका काम २० महिनामा सक्ने लक्ष्य लिएको छ। आयोजनाको लागत ७ अर्ब ४० करोड रहने अनुमान छ।

कम्पनीले कुल लागतको ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्दैछ। ७० प्रतिशत रकम ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सहमति भइसकेको छ।