BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

२०७७ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकका ग्राहकले सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ। बैंकको भिसा डेबिट र क्रेडिट कार्डबाट सामान किन्दा यो छुट पाउनेछन्।

 बैंक र सिजीबीच भएको सहमति अनुसार यो छुट पाइने भएको हो। बैंकले दसैं किनमेलमा सहज बनाउन यो सम्झौता गरेको जनाएको छ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।